पचालझरनामा आइएनएफ द्वारा कामको थालनी

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा विकास साझेदार संस्था इन्टरनेसनल नेपाल फेलोसिप (आइएनफ ) नेपालले प्रथामिक उपचार सम्बन्धी तालिम संचालन गरेको छ । पचालझरना गाउ पालिका स्थित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुख, वडा सचिव,सामुदायिक विद्यालयका प्रधानध्यापक.स्वास्थ्य कर्मी तथा महिला स्वास्थ्य स्वयंमसेविका हरुको उपस्थितिमा तालीम सम्पन्न भएको छ ।

समुदायमा जलवायु परिवर्तन तथा शसक्तीकरण सम्बन्धी काम थालेको उक्त संस्थाले पचालझरनामा कार्यक्रमको शुरुवात गरेको बताइएको छ। साझेदार संस्थाका कार्यक्रम संयोजक दल वुढाको उपस्थितिमा १ दिने तालिम सम्पन्न भएको सहभागी स्वणीम शाहीले वताएका छन ।

यस संस्थाले महिलाहरुमा शसक्तिकरण लगाएतको काम गर्दै आएको बताइएको छ । संस्थाले पचालझरनामा कार्यक्रम संचालन गरेकोमा वडा नं. ४ का अध्यक्ष अनुरुप रोकायाले सहज तरिकाले पालिकामा काम अनुरोध गर्दै आइएनएफ नेपाललाई स्वागत गरेका छन।

उक्त कार्यक्रममा आइएनएफ का तर्फबाट पचाल झरना गाउ पालिका  प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर विकलाई प्राथमिक उपचार सम्बन्धी सामाग्री हस्तान्तरण गरिएको बताइएको छ।

यस अघि आइएनएफले नरहरिनाथमा विभिन्न कार्यक्रम गर्दै आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित