रास्कोटमा देउरा मन्दिर नगर प्रमुख शाहीद्वारा सिलान्यास

7
SHARES
15
VIEWS

कालिकाेट । रास्काेट नगरपालिकाकाे मलयागिरी पाटनमा रहेकाे देउरा मालिका मन्दिरकाे रास्काेट नगरपालिका नगर प्रमुख धर्मराज शाहि( पाेषण) द्धारा मन्दिरकाे सिलान्यास गरिएको छ।

सो मन्दिर जिर्ण अवस्थामा रहेकाले रास्कोटका युवाहरुले रकम संकलन गरेर पुनर्निर्माण थालिएको हो । केही समय पहिलो गठित देउरा हित फाउण्डेसनले थालेको अभियानमा ५ लाख बढी रकम संकलन पछि आज सिलान्यास गरिएको बताइएको छ।

उक्त सिलान्यास कार्यक्रममा रास्कोट नगर उप प्रमुख मनिराज बराल,वडा नम्बर ३का वडा अध्यक्ष राजेन्दनाथ याेगि, वडिमालिका पुजारी लगाएतकाे उपस्थितमा सिलान्यास कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा बाेल्दै नगर प्रमुख शाहीले मन्दिर निर्माणमा सहयाेग गर्ने सम्पुर्णलाई धन्यबाद समेत दिदै रास्काेट सरकारले थप आबस्यक सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

त्यसै गरी नगर उपप्रमुख मनिराज बरालले रास्काेटलाई चिनाउन धार्मिक स्थलकाे संरक्षण गरेर मात्र पहिचान कायम हुने भएकाले सबैले धार्मिक तथा पर्यटक भित्र्याउने योजना अघि बढाउन सरकार लागि परेको बताएको सहकर्मि टिका राज उपाध्यायले जानकारी दिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित