कालीकोट । कर्नालि प्रदेशका सांसद दुर्ग बहादुर रावतले जिल्ला अस्पताल कालीकोटको अवस्थाका बारेमा बुझ विस्तार गरेका छन । जिल्ला अस्पताल कालीकोटका निमित्त व्यवस्थापक डाक्टर संकेत विश्वकर्मा सहितको टोलिले अस्पतालका बारेमा जानकारी गराएका छन ।
प्रदेश सांसद रावतले जिल्ला अस्पताल कालीकोटको जनशक्ति,भौतिक संरचना तथा अन्य व्यवस्थापनका बारेमा जानकारी लिएको बताइएको छ ।अस्पातलले पछिल्लो अवस्थामा आएका समस्याका बारेमा जानकारी गराएको र ति समस्यालाई पुरा गर्न लागि पर्ने प्रतिवद्धता जनाएको जनस्वास्थ्य अधिकृत कटक महतले जानकारी दिएका छन ।
जिल्लामा पछिल्लो पटक सांसद रावतले विकास निर्माण तथा अन्य सरोकार राख्ने कामहरुमा तिव्रता दिएका छन । जिल्लाका हरेक समस्यालाई समाधान गर्न आफुले पहिलो प्राथमिकता दिने बताउदै आएका छन ।
Discussion about this post