हिमचुली कृषि सहकारीको वार्षिक साधारण सभा मंसिर १५ गते

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृषि सहकारी संस्था लि.को १५ औं वार्षिक साधारण सभा मंसिर १५ गते हुने भएको छ । संस्थाको कात्तिक १६ गते बसेको संचालक बैठकले १० वटा सेवा केन्द्रमा ६ वटै इकाइ
साधारण सभा गर्ने निणर्य गरेको हो । उक्त इकाइ साधारण सभा पछि निणर्य प्रमाणित गर्ने सभा(केन्द्रिय) साधारण सभा एक हप्ता भित्र गर्ने भएको छ । उक्त साधारण सभाका लागि १४ वटा एजेष्डाहरु तयार गरेको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताएका छन ।

साधारण सभाले नयाँ निति नियम तयारी तथा शंसोधन,कोष विभाजन,लेखापरिक्षक नियुक्ति,व्याजदर हेरफेर,सम्मान तथा पुरुस्कार लगाएतका एजेण्डा रहेका छन ।हिमचुली कृषि सहकारी संस्था २०६५ साल भाद्र २५ गते कालीकोट जिल्लाभर कार्यक्षेत्र रहने गरी तत्कालिन फुकोट गाविसका अध्यक्ष काशीचन्द्र बरालको अगुवाईमा स्थापना भएको सहकारी हो ।

हाल यस सहकारी संस्थाका १४ हजार ६ सय ६४ जना सदस्य रहेका छन भने ३२ करोड कर्जा प्रवाहका साथै ४५ जना कर्मचारी रहेका छन । उक्त सहकारीले अहिले सदस्यहरुबाट कृषि वस्तु संकलन,सुपथ मुल्य पसल संचालन,एग्रोभेट,डेरी,कोल्ड स्टोर संचालन गर्दै आएको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताएका छन ।

यस सहकारीले आर्थिक मन्दिको समयमा ३ करोड बचत बृद्धिका साथै ७६ लाख शेयर रकम जम्मा गरेको बताइएको छ ।आर्थिक वर्ष २०७९।०८०मा ५४ लाख आम्दानि लिएको अध्यक्ष महताराले बताए । सहकारी संस्थाका जिल्लाभर ११ वटा सेवा कार्यालय स्थापना गरी सदस्यहरुको सेवामा लागि परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित