माओवादी कालीकोटले पश्चिम रुकुम र जाजरकाेटमा एक सय स्व‌यमसेवक परिचालन गर्ने

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)कालीकोटले भुकम्प प्रभावित क्षेत्रमा अस्थायि टहरा तथा आवास निर्माणका लागि एक सय जना स्वयंम सेवक परिचालन गर्ने भएको छ । कालीकोट जिल्लाका अभियानको समिक्षा बैठकले उक्त निर्णय गरेको हो ।

नेकपा(माओवादी केन्द्र) कालीकोटका अभियान इन्चार्ज तथा पार्टीका केन्द्रिय सदस्य टेक बहादुर बस्नेतले दशै अघिको अभियानले गरेको उपलब्धिको समिक्षा संगै आगामी दिनको कार्य योजनाका बारेमा निर्णय गर्दै सम्पन्न भएको नेकपा माओवादी केन्द्र का जिल्ला सचिव देबराज शाहीले बताए । उक्त बैठकमा दशैं अघि अभियानले गरेका कामको रिर्पोट प्रस्तुत गरेको बताइएको छ।
अभियान मंसिर १० देखि पौष ११ गते माओ दिवसको अवसरमा वृहत जनसभा सहित सम्पन्न गर्ने गरी आभियान समापन गरिने केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज टेक बहादुर बस्नेतले निर्देशन दिएका हुन् ।
केन्द्रिय सदस्य वस्नेतले यस अवधिमा कालीकोट स्मारिका प्रकाशन गर्ने,भुकम्प प्रभावित क्षेत्रमा आवास निर्माणका लागि कालीकोट जिल्लाबाट एक सय जना स्वंयमसेवक परिचालन गर्ने र पालिका स्तरमा बैठक तथा जनभेला लगाएतका काम अघि बढाउने निर्णय गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित