उत्कृष्ट करदातामा हिमचुली सहकारी सम्मानित

7
SHARES
15
VIEWS

जुम्ला । राष्ट्रिय कर दिवसको अवसरमा कालीकोट जिल्लाबाट हिमचुली कृषि सहकारी संस्था लि. कालीकोट बढि कर तिर्ने करदाताका रुपमा सम्मानित गरिएको छ । आन्तरिक राजश्व कार्यालय जुम्लाले १२औ राष्ट्रिय कर दिबस को अवसरमा सम्मान गरेको हो । उक्त कार्यलयका अनुसार आर्थिक वर्ष २०७८/२०७९ मा हिमचुली कृषि सहकारी संस्था लि. ले १५ लाख बढि कर दाखिला गरेको बनाइएको छ।

हिमचुली कृषि सहकारी संस्था लि. का अध्यक्ष काली बहादुर महताराले सम्मान पत्र बुझ्दै संस्थालाई यो उचाईमा पुर्याउन योगदान गर्नु हुने इमान्दार तथा कर्तव्य निष्ठ ब्यबस्थापनका कर्मचारी,संचालक,शेयर सदस्य महानुभावहरु तथा शुभचिन्तकलाई हार्दिक आभार ब्यक्त गर्दै आन्तरीक राजश्व कार्यलय जुम्ला प्रति कृतज्ञत प्रकट गरेका छन। यस हिमचुली कृषि सहकारी संस्था लि. २०६५ साल भाद्र २५ गते स्थापना भएको हो ।

अहिले यस सहकारी संस्थाले कृषि उत्पादन बजारीकरण, डेरी,सुपथ मूल्य पसल, महिला शसक्तिकरण लगाएतका कामहरू गर्दै आएको संस्थाका मुख्य व्यावस्थापक जगेन्द्र आचार्यले बताए ।

संस्थाका जिल्लाभर १० वटा सेवा केन्द्र स्थापना को साथै ४५ जनालाई प्रत्यक्ष रोजागरी दिदै आएको कालीकोटको सबै भन्दा ठुलो सहकारी संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित