पलांतामा लैगिंक हिंसा विरुद्ध सांस्कृति महोत्सव

7
SHARES
15
VIEWS

कालीकोट । पलांता गाउँ पालिकाले खानेपानि तथा सरसफाई सम्बन्धि सचेतना फैलाउने उद्देश्यका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा सांस्कृतिक महोत्सव गरेको छ ।
पलाँता गाउँपालिकामा लैंङ्गिक हिंसा अन्त्यको सुनिश्चतता,महिला र बालबालिकामा लगानिको एक्यबद्वता( महिनावारी हुदा पर हैन घर) भन्ने मुल नाराका साथ पलाँता गाउँपालिकामा महिनावारी दिवस कार्यक्रम गरिएको बताइएको छ ।सो कार्यक्रममा राष्ट्रिय कलाकारहरुको उपस्थितिमा सांस्कृतिक महोत्सव आयोजना गरेको हो । पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाको उपस्थितिमा सांस्कृतिक महोत्सव गरिएको हो ।

पलांता गाउँ पालिकामा छाउपडि प्रथा तथा सरसफाई सम्बन्धि सचेतना गर्न उक्त कार्यक्रम आयोजना गरिएको सुस्वा परियोजनाले जनाएको छ । उक्त कार्यक्रममा चर्चित देउडा गाएक रेखा थापा,मोडल तथा दोहोरी गाएक इव्सल संज्याल लगाएतका कलाकारहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रमले समाजमा सचेतना मुलक सन्देश प्रवाह गरेको सुस्वाका कार्यक्रम संयोजक धिर भण्डारीले बताएका छन ।

पलांता गाउँ पालिका अध्यक्ष विष्णु रोकायाले समाजमा कुसंस्कारका रुपमा रहेको महिला हिंसा तथा छाउपडि प्रथाको अन्त गर्नु सरकारको पहिलो काम रहेकाले चेतना मुलक कार्यक्रम अघि बढाएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित