कालीकोट । गएको भाद्र १६ गते संचालन गरिएको अभियानको पालिका स्तरमा समक्षिा शुरु भएको छ । जिल्ला स्तरमा पौष १० गते माओ दिवसका अवसरमा समिक्षाको तयारी गरेको नेकपा(माओवादी केन्द्र) कालीकोटले अहिले नगर तथा गाउँ पालिका स्तरमा समक्षिा शुरु गरेको हो ।
जनता सँग माओवादी विशेष रुपान्तरण अभियानकाे जिल्लाको पचालझरना गाउँ पालिका र सान्नित्रिवेणि गाउँ पालिकामा समिक्षा गरिएको बताइएको छ ।पचालझरना गाउँ पालिकाको पडेक्षामा नेकपा(माओवादी केन्द्र)का जिल्ला सचिव तथा पालिका अध्यक्ष देबराज शाही र पचालझरना गाउँ पालिका पूर्व उपाध्यक्ष तथा प्रदेश कमिटि सदस्य तारा न्यौपानेको विशेष उपस्थितिमा समिक्षा गरिएको छ ।
त्यसै गरी सान्नित्रिवेणि गाउँ पालिका अभियानका इन्चार्ज तथा नेकपा(माओवादी केन्द्र)का बैकल्पिक केन्द्रिय सदस्य लक्ष्मि प्रसाद चौलागाई(शैलेन्द्र),सान्नित्रिवेणि गाउँ पालिका अध्यक्ष माेहन केसी लगाएतका नेताहरुकाे उपस्थितिमा समिक्षा भएको बताइएको छ । जिल्लास्तरमा पौष ९ गते जिल्लास्तरमा समक्षिा गर्ने बताइएको छ ।
समिक्षामा ४ महिने अभियानका क्रममा जनताहरु संगको सम्बन्ध सुदृढ हुुनुका साथै जनश्रम देखि अन्य काम गरिएको बताइएको छ ।
Discussion about this post