नरहरिनाथका मृतक बाले विककी पत्नि जमुनालाई एक लाख सहयोग

7
SHARES
15
VIEWS

कालीकोट । १० वर्षिया जनयुद्धका क्रममा गोलि लागेर विरामि परेका स्वर्गिय बाले विक (प्रकाश)का परिवारलाई एक लाख राहत प्रदान गरिएको छ । नरहरिनाथ गाउँ पालिका निवासि बाले विक(प्रकाश)को निधन पछि आमा र छोराछोरीको व्यवस्थापनका लागि संकलन गरिएको राहत आज हस्तान्तरण गरिएको छ ।

नरहरिनाथ गाउँ पालिकाका शिक्षक कम्मर बहादुर विकको नेतृत्वमा सहयोग अभियान शुरु गरेर संकलन भएको एक लाख नौ हजार एक सय सत्र रुपैया बाले विकको परिवार जमुना विकलाई हस्तान्तरण गरिएको हो । उक्त रकम नरहरिनाथ गाउँ पालिकाका स्थानिय समाजसेवि,कर्मचारी लगाएत स्थानियले आ आफ्नो इच्छा अनुसार न्युनतम २ सय देखि अधिकतम तिन हजार ६ सय सम्म गरिएको सहयोग वापतको रकम हस्तान्तरण गरिएको बताइएको छ ।

उक्त कार्यक्रममा जमुना विकले एघार लाख खर्चेर पनि श्रीमानको ज्यान जोगाउन नसकेको अवस्थामा गाउँलेहरुले गर्नु भएको सहयोगले आफुले बालबालिकाको जिवन असल बनाउने सोच रहेको र सबैको सहयोगको आशा गरेको बताएकी छन ।

साे रकम एक सय ३९ जनाले सहयाेग गरेकाे बताइएकाे छ ।

तस्विर कमल विश्वकर्माको फाइलबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित