पलाताले दक्ष्य ज्यामि मिस्त्रि उत्पादन गर्दै

7
SHARES
15
VIEWS

कालीकोट । दक्ष ज्यामि मिस्त्रीहरुका लागि पलाता गाउँ पालिकाले तालिम शुरु गरेको छ । पलाता गाउँ पालिका स्थित सुस्सा परियोजनाले उक्त तालिमको आयोजना गरेको हो ।

पलाताको पालिका केन्द्र रानी बिसौनामा सात दिने तालिम उद्घाटन गरिएको बताइएको छ । पलाता गाउँ पालिकाको भौतिक पूर्वाधार निर्माण प्रकृयामा गुणस्तर कायम गर्ने उद्देश्यका साथ तालिमको संचालन गरिएको परियोजना अधिकृत धिर भण्डारीले बताए । तालिममा ११ जनाको सहभागिता रहेको छ ।

पलाँता गाउँ पालिकामा दक्ष ज्यामीहरु उत्पादन गरी काममा सहजता गर्न तालिम उपलब्धिमूलक हुने सहभागिले बताएका छन् । सहभागिलाई दक्ष्य प्रशिक्षक द्वारा तालिम शुरु गरिएको बताइएको छ । पलातामा पहिलो पटक मिस्त्रिहरुका लागि तालीम संचालन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित