कालीकोट । जिल्लामा पहिलो चरणमा सात हजारको हाराहारीमा खोप लगाइएको छ। खोपको पहिलो दिनमा महिला चार हजार तीन सय २२ जना र पुरुष दुई हजार पांच सय ८४ गरी जम्मा छ नौ सय सात जनालाई टाईफाईड विरुद्धको खोप लगाईएको जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले जनाएको छ ।
पहिलो चरणमा पौष १२ देखि १४ गतेसम्म पलाता,नरहरिनाथ,महावै गाउँ पालिका र तिलागुफा नगरपालिकामा २२ हजार नौ ९० जनालाई खोप लगाउने योजाना रहेकोमा दोस्रो दिन सम्म ११ हजार छ सय ८८ जना अर्थात ५० दशमलव ८३ प्रतिशत प्रगति भएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सुचना अधिकारी कटक महतले जानकारी दिएका छन । बााँकी स्थानिय तहमा खोप कार्य जारी रहते महतले जानकरी दिएका छन्।
टाइफाइड खोपको स्थलगत रुपमा सामाजिक बिकास मन्त्रालय सुर्खेतबाट जनस्वास्थ्य अधिकृत अमृता ज्ञवाली र स्वास्थ्य सेवा निर्देशनालयबाट प्राबिधिक अधिकृत बसन्तमान श्रेष्ठले समेत अनुगमन गरिएका बनाइएको छ ।
Discussion about this post