रास्कोटले शहिद पत्नि योगिलाई परामर्शदातामा नियुक्त

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगररकारले शहिद पत्नि प्रमिला योगी (संगिता) लाई परामर्शदातामा नियुक्त गरेको छ । लक्षित वर्गका समुदायको नगर सरकार संगको पहुँचलाई सहज गरी काममा प्रभावकारीता कायम गरी अघि बढ्न परामर्शदाताका रुपमा सहजीकरण गर्नका लागि नियुक्ती गरेको बताइएको छ ।

रास्कोट नगर सरकारका नगर प्रमुख धर्मराज शाही(पोषण) का अनुसार स्थानियका सरोकार राख्ने आवस्यक सुझावलाई न्यूनिकरण गर्न र नगर सरकारलाई  सरसल्लाह दिन सहज हुने गरी परामर्शदातामा नियुक्ती गरिएको बताए । प्रमिला योगी (संगिता) शहिद विश्वनाथ योगी (विवस) को धर्मपत्नि हुन । विश्वनाथ योगी (विवस) को २०५७ साल पौष २७ गते फुकोटको थोल्ममा सुरक्षाकर्मिबाट हत्या गरिएको हो । विवस वडिमालिका माध्यमिक विद्यालयम अध्यापन गर्दै आएका थिए ।

पछिल्लो समय रास्कोट नगर सरकारले सोचे अनुसारको काम प्रभावकारी रुपमा अघि बढाएको बताउदै नगर प्रमुख शाहीले जानकारी दिए। उनले भने लोकप्रिय काम देखेर केही पक्षहरु अतालिएको समेत जिकिर गरेका छन ।

रास्कोट नगर सरकारले पछिल्लो समय मेयर हेल्थ कार्यक्रम, जेष्ठ नागरीक संग उपमेयर कार्यक्रम सहित नगर प्रहरी स्थापना देखि अहिले चर्चामा रहेको रास्कोट मिनि मार्केट र सडक कालोपत्रे को काम प्रभावकारी हुँदै आएको छ । त्यसका साथै नगर प्रमुख शाहीले आन्तरक  आय श्रोतको महत्वपूर्ण आधार खडा गर्ने प्रक्रियामा नगर सरकार जनताको साथमा रहेको बताए ।

रास्कोट नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत जवान सिंह बमले वार्षिक एक करोड बराबरको आन्तरीक आम्दानीको श्रोत बनाउन लागि परेको बताए । त्यसका लागी मिनि मार्केटका सटर लगाएतका श्रोत रहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित