कालीकोट । नेकपा(माओवादी केन्द्र) निकट शिक्षक संगठनको विस्तारित बैठक रास्कोटमा सम्पन्न भएको छ ।
एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सचिव नमराज शाहीको उपस्थितिमा प्रदेश निर्वाचन क्षेत्र (ख)को विस्तारित वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न शनिबार सम्पन्न भएको हो ।
उक्त बैठकबाट १९ सदस्यीय प्रदेश निर्वाचन समन्वय समिति गठन गरेको छ । उक्त समितिको संयोजक बडिमालिका रास्कोटका शिक्षक महाप्रसाद बराल रहेका छन ।
विस्तारित बैठकमा रास्कोट नगर पालिकाका प्रमुख धर्मराज शाही,नेकपा(माओवादी केन्द्र)का प्रदेश कमिटि सदस्य डम्बर शाही,विष्णु बराल,जगत शाही,मिमसरा बम,एकिकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश महासचिव देवराज चौलागाई,संगठनका जिल्ला अध्यक्ष कल बहादुर भण्डारी लगाएतका नेताहरुले शैक्षिक सवालका बारेमा छलफल गरेको सहभागि धनकर्ण विकले बताएका छन ।
Discussion about this post