सान्नित्रिवेणि अध्यक्ष केसी जनतासंग सुझाव लिदै

7
SHARES
15
VIEWS

कालीकोट । सान्नित्रवेणि गाउँ पालिका अध्यक्ष मोहन केसी जनता संग सुझाव संकलनमा अघि बढेका छन । सान्नित्रिवेणि गाउँ पालिकाको वडा न.१ र २ बाट शुरु गरिएको जनता संग अध्यक्ष कार्यक्रम अन्तरगत आज सान्नित्रिवेणि गाउँ पालिकाको वडा न.७ र ८ मुम्राका समुदाय संग छलफल तथा भेटघाट गरेका छन।

अध्यक्ष केसीले जनताबाट आएका सुझाव अनुसार आफुले योजना बनाई कार्यन्वयन गर्न सहज हुने गरी भेटघाट शुरुवात गरेको बताएका छन ।

मुम्रामा भएको कार्यक्रममा स्थानियले तत्काल देखिएका समस्याहरुको बारेमा जानकारी गराएको बताइएको छ । सान्नित्रिवेणि सरकारले जनतासंग अध्यक्ष कार्यक्रमलाई अघि सारेको हाे ।

उक्त कार्यक्रम मार्फत जनताका विचमा गएर आधारभुत समस्याहरु के कसरी हल गर्ने र आएका सुझावलाई प्राथमिकताका आधारमा लागु गर्न सहज हुने बताएका छन । सान्नित्रिवेण गाउँ पालिकाले एमविविएस पठन पाठनका लागि छात्रबृति सहित अन्य जनमुखि कार्यक्रमलाई अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित