थोल्म हत्याकाण्डको ज्युदो शहिद तारा न्यौपानेको अनुभुति

7
SHARES
15
VIEWS

कालीकोट । जनजागृति माध्यमिक विद्यालयमा पढ्दा पढ्दै जनयुद्धमा सहभागि हुन तारा न्यौपाने ।साविककाे फुकाेट गाविस ७ पलाँतिबाडा निवासि न्याैपाने जनयुद्धमा सहभागि भएपछि १४ वर्षमै शरिरमा गोलिका तातो छर्रा निल्दै आधा जीवन प्राप्तिको त्योे कालोदिनका रुपमा २०५७ साल पौष २७ गते आज २३बर्ष पुरा भएको छ । सो फुकोट थोल्म हत्याकाण्डमा तारा न्यौपाने समेत सहभागि थिए । सो हत्याकण्डका क्रममा भोगेको भोगाई जस्ताको त्यस्तै ।
बालापन १४ वर्षमै शरिरमा गोलिका तातो पर्रा निल्दै आधा जीवन प्राप्तिको त्यो कालोदिनू २०५७ साल पौष २७ गते आज २३ वर्ष अघि आजकै दिन फुकोट थोल्म हत्याकाण्डमा गुप्त सुराकीको सुचनामा दंगा प्रहरीले शिक्षकको कार्यक्रममा सहभागी हुदै गर्दा जनप्रिय बौद्दिक नेताहरु बिश्वनाथ योगि,पुष्पराज न्यौपाने,गोरख गिरीलाई लखेट्दै ताकि,ताकि गोलि हानी निर्मम तरिकाले हत्या गरेर त्यो मेरो सुन्दर पवित्र भुमि केही छिनमै दिनको १२ बजे रणभुमि र मसानघाटमा परिणत भयो ।

त्यो कहालि लाग्दो जीवनकै दुखत घटनामा मेरो खुट्टामा गोलि लागि म पनि ती मृतक लाशकै नजिकै ढले । मेरो जीवनमा बाँच्ने सबै बिकल्प क्षणभरमै हराए तर मैले गोलिको र घाउबाट रगत बगेको पिडालाई पचाउदैं मरेको वाहना गरे । त्यसपछि नजिकै पुलिस आएर हेर्यो र सुराक गर्ने समेत हामी नजिक आएर ३ जना पुरुषका नाम र मेरो नाम समेत मरेकोमा पुलिसलाई ठेगाना समेत लेख्न लगायो ।

मैले हाँसि खुसि रमाउने वालापनको हुुर्किरहेको उमेरमै मेरा खुसिलाई त्यसै दिन श्रद्धाञ्जली दिन बाध्य भए । स्वस्थ र सक्रिय जीवन गुमाई घाइते र जीउँदो शहिद भएर जीवनभर दिर्घकालिन रोगबाट पिडित हुदै खाना थोरै र औषधि धेरै खानु पर्ने पिडाबाट घाइते जोखिमपुर्ण आधा जीवन बिताइ रहेकि छु। अमुल्य जीवन देश र जनताको लागि दान गर्ने अग्रज महान शहिद प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु जीवनमा प्राप्त सबैभन्दा ठूलो खुसि लुटिदा पनि साहसपूर्ण समाजमा पिडालाई लुकाउदैं नमुना जीवनको पाठशाला बनिरहनु भएकि शहिद पत्नि बिरिन्दा न्यौपाने र प्रमिला योगि,अनि हालसम्म पनि पिडामा झस्किरहनु हुने घरपरिवारजनमा उच्च सम्मान सहित गहिरो समाबेदना व्यक्त गर्न चाहान्छु ।

यस्तो पीडा मैले त भोगे भोगे तर अरुलाई त के दुश्मन समेतलाई सुन्दर जीवनमा भोग्नु नपरेस्। बांकी दिनमा म मेरो जिवनका दिनहरु ति शहिदहरुको सपना साकार पार्ने अभियानमा निरन्तर लागि पर्ने छु । आज ति शहिदहरुले देखाएको बाटो पुरा गर्न तर्फ तल्लिन छौं ।

नेकपा(माओवादी)ले थालेको जनयुद्धले ल्याएको परिर्वतन माथि ति कुख्यात हत्याराहरुले हालिमुहालि गर्न खोज्दैछन । सबै परिवर्तनको भागेदार ति शहिदहरु नै हुन । त्यसका लागि कालीकोटे भुमिले ४ सय ३५ जना शहिदको रगत र १२ जना वेपत्ता यौद्धाको भुुमिमा सिंचित रगतको उच्च सम्मान व्यक्त गर्दछु ।

लेखक: तारा न्याैपाने पचालझरना गाउँ पालिका प्रथम उपाध्यक्ष  तथा नेकपा (माओवादी केन्द्र)कर्नालि प्रदेशकाे सदस्य हुनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित