प्रदेश प्रहरी प्रमुख आचार्यद्वारा कालीकोट प्रहरी कार्यालयमा निरीक्षण

7
SHARES
15
VIEWS

कालीकोट । कर्नाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणी आचार्यले जिल्ला प्रहरी कार्यालय कालीकोटको निरीक्षण गरेका छन।

सोमबार कालीकोट आइपुगेका प्रदेश प्रमुख आचर्यले जिल्ला प्रहरी कार्यालय कालीकोटको परिसरमा रहेको लेखा,प्रशासन,अन्वेषण योजना,कार्य,सामुदायिक,प्रबन्ध,अनुसन्धान शाखा ,महिला सेल,हिरासत कक्ष, प्रहरी परिचालन कक्ष र व्यारेक तथा मेश व्यावस्थापनको  समेतको निरीक्षण गरेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

कालीकोट जिल्लाका प्रहरी प्रमुख डिएसपी अर्जुन केसीले प्रदेश प्रमुख आचार्य सहितको टोलीलाई स्वागत संगै अवस्थाको जानकारी गराएका थिए ।

प्रदेश प्रमुख आचार्यले जिल्ला स्थित प्रहरी कर्मचारीहरुलाई जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिम्मेवारी पूरा गर्न निर्देशन दिएको समेत बताइएको छ। प्रदेश प्रमुख आचार्य नियमित अनुगमन तथा निरीक्षणक सिलसिलामा कालीकोट आइपुगेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित