बयालपाटा अस्पताल र मेरो भन्नु -राम बहादुर भण्डारी

7
SHARES
15
VIEWS

कालीकोट । सुदुर पश्चिम प्रदेशको चर्चित तथा स्थापित अस्पताल हो वयालपाटा । अछाम जिल्लाको सांफेवगर नगरपालिका स्थित बयालपाटामा स्थापित छ। उक्त अस्पताल कालीकोट, बाजुरा र दैलेख जिल्लाका नागरिकले सेवा लिदै आएका छन । सो अस्पतालका विषयमा पछिल्लो समय  टिका टिप्पणी हुन थालेका छन। सो अस्पताल सम्बन्धि अछाम जिल्ला रामारोशन गाउँ पालिका निवासी राम बहादुर भण्डारीले यसो भनेका छन।

जस्ताको त्यस्तै

सुदुरपश्चिम प्रदेश सरकारले चालु आ.व. २०८०।८१ को बजेट सार्वजनिक गर्दै गर्दा बयलपाटा अस्पतालमा बजेट विनियोजन नभएको देखि सकेपछि मैले नमिठो भाषामा SMS गरे । पछि म स्वयं पनि केहि समय सामाजिक विकास मन्त्रालय सुदुरपश्चिम प्रदेशमै रहेर काम गर्ने अवसर मिल्यो । त्यस समयमा मन्त्रिज्यू संग निकट रहेरै पनि वसियो । मैले वुझेसम्मको वयलपाटा अस्पतालसंग सम्बन्धित केहि तथ्य र केहि सुझाव राख्ने अनुमति चाहन्छुः

१. सामाजिक विकास मन्त्रि वयलपाटा अस्पतालप्रति नकारात्मक मान्छे होइनन र यस विषयमा मुख्यमन्त्री पनि सकारात्मक मान्छे नै हुन् ।

२. वयलपाटा अस्पतालमा पैसा पठाउने व्यवस्था गर्न सामाजिक विकासमन्त्रि र मुख्यमन्त्री दुवै जनाको प्रेसर छ र सो प्रेसर चिरेर प्रचलित कानुनका दफा देखाएर वयलपाटा अस्पतालमा पैसा पठाउन रोक्नुलाई आफ्नो सफलता ठान्ने कर्मचारीहरुको टिम मन्त्रालयमा छ । अव अति भैसक्यो ।

३. जिल्ला अस्पतालको डक्टर वयलपाटा पठाइ मन्त्रिले २ नम्बरका जनतामाथी ठुलो बेइमानी गरे भन्ने भाष्य गलत हो । यो अल्पकालिन समयका लागी अस्पतालको काम बन्द नहोस भनेर गरिएको हो । छोटो समयका लागी हो ।

४. मन्त्री तथा मुख्यमन्त्री ज्यू, अव सोध्नुस् जिल्ला अस्पतालको डक्टर वयलपाटा पठाउन मिल्ने कानुन कहाँ छ ? डक्टर काजमा पठाउन मिल्ने हो भने पैसा पठाउन नमिल्ने किन हो सोध्नुस कानुन देखाएर वयलपाटा वन्द गर्न भुमिका खेल्ने हरुलाई ।

५. वयलपाटा अस्पतालमा पैसा कसरि पठाउने भन्ने कुरा सिक्न पठाउन कानुनी व्यवधान देखाउने महानुभावहरुलाई एकपटक अछाम र बाजुराका स्थानीय तहमा अध्ययनको लागी पठाउनुहोस हामीले ५, १०, १५ लाख अनुदान कसरि दिन्छौ भन्ने कुरा सिकेर जान भन्नुपर्यो ।

६. बयलपाटा अस्पताललाई प्रदेश सरकार अन्तरगत लिइने षडयन्त्र गरिनुहुन्न ! स्वचालित रुपमा प्रत्येक बर्ष पैसा जाने सुनिश्चि गरिनुपर्छ। हाम्रो अस्पताल छदैछन । हामी वयलपाटा अस्पताललाई हाम्रो अन्य अस्पताल जस्तै वनाउन १ महिना लगाउदैनौ । त्यस्तो हुनु भनेको वयलपाटा अस्पतालको मृत्यु हुनु हो ।

७. नेकपा एमाले प्रतिपक्ष हो तर पनि मदन भण्डारीको यो कथन चाही सवै राजनिति कर्मीले याद गर्नैपर्छ । – “शिद्धान्त शिद्धान्तको लागी होइन, शिद्धान्त जनताको जिवनको लागी हो र जे काम गर्दा जनताको हित हुन्छ, त्यही गर्नुपर्छ ।”

लेखकः राम बहादुर भण्डारी

पचालझरना गाउँ पालिका कालीकोटका प्रमुख प्रशासकिय अधिकृत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित