कर्नालिमा सत्ता गठबन्धका तिनै जना विजयी,कस्ले कति मत प्राप्त गरे ?

7
SHARES
15
VIEWS

सुर्खेत । राष्ट्रियसभा निर्वाचनमा कर्नालि प्रदेशमा सत्ता गठबन्धनले बाजि मारेको छ । आज भएको निर्वाचनमा सत्ता गठबन्धका तीनै जना उम्मेदवार विजयी भएका छन् ।जसमा नेकपा(माओवादी केन्द्र)का तर्फबाट विष्णु बहादुर विक(विकल्प)ले तीन हजार आठ सय १७ मत प्राप्त गर्दै विजय भएका छन भने एकिकृत समाजवादी की नेतृ सावित्रि मल्लले तिन हजार सात सय २२ मत र नेपाली कांग्रेसका कृष्ण बहादुर रोकायाले तीन हजार आठ सय ७० मत ल्याई निर्वाचित भएका हुन् ।

तिनै जनाका प्रतिष्पर्धि नेकपा एमालेका हिक्मत विक,विमला कुमारी शाही र डिल्लि प्रसाद भट्ट पराजित भएको निर्वाचन सहायक अधिकृत उज्वल रावलले बताएका छन ।
कर्नालिमा स्थानीय तहतर्फ २५ नगरपालिका र ५४ गाउँपालिकाका प्रमुख र उप्रमुख गरी १५८ जना मतदाता रहेकामा महाबु गाउँपालिका दैलेखका प्रमुख लक्ष्मण गुरुङ्ग र नलगाड नगरपालिका जाजरकोटकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि १५६ जनाले मतदाता रहेको थियो ।

जस अनुसमार प्रदेश सभातर्फ ४० जना सदस्यको जम्मा मतभार २ हजार १२० र स्थानीय तह र प्रदेश सभा सदस्यको गरी कर्नालिमा जम्मा पाँच हजार ८४ मतभार हुन आउँछभने प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित