स्वर्गिय सिंह बहादुर शाही दाेस्राे स्मृति सभा गरिदै,स्वर्गिय शाहीको यस्ताे छ जिवनि

7
SHARES
15
VIEWS

हिमचुलि कृषि सहकारी संस्था लि.कालीकोटका एक इमान्दार,सृजनशिल,कुशल व्यवस्थापक तथा महावै गाउँपालिका वडा नं. ६ गणेशकोट निवासी सिंह बहादुर शाही निधन भएकाे  २ वर्ष पुरा भएकाे छ । २०७८ माघ १४ गतेका दिन हिमचुलि कृषि सहकारी स‌ँस्थाकाे भवनमा दुर्घटना भइ निधन भएकाे थियाे ।

यस्ताे छ जिवनि

मृतक शाहीकाे जन्म २०३७ साल माघ ९ गतेका दिन बुवा लाल बहादुर शाही र आमा सेतुकला शाहीको कोखबाट जन्म भएको थियो । एक दाजु , दुई भाइ तिन जान दिदिवहिनी रहेका स्वर्गिय सिंह बहादुर शाहीको वाल्यकाल सहजताका साथ वितेका थिए । वाल्यकालमा गाउँमा विद्यालय नभएको र समाजमा पढाउनु पर्छ भन्ने चासो नराख्ने सामाजिक संस्कार भए पनि स्वर्गिय शाहीका मामा पृथ्वी बहादुर शाहीले कखरा सिकाउनु भयो र ८ वर्षको उमेरमा २०४५ सालमा श्री महावै प्राथमिक विद्यालय गणेशकोटमा औपचारिक रुपमा प्राथमिक शिक्षा आर्जन सुरु भएको थियो ।

विद्यालय पढ्दा निकै मिलनसार रहेका शाहीले आफ्ना साथिहरु संग सहकार्य समन्वय गरेर पढाइमा निकै ध्यान दिदै आउनु भएको थियो । पढाईमा तिक्ष्ण दिमाग भएका स्वगिर्य शाही कक्षामा प्रथम, दोस्रो स्थान ल्यााउदै आउनु भएको थियो ।
२०५० सालमा प्राथमिक शिक्षा पुरा गरी श्री कालिका माध्यामिक विद्यालय गेला वाट अध्ययन गर्दै सोही विद्यालयबाट २०५६ सालमा एसएलसि उतिर्ण गरी उच्च शिक्षाका लागि शिक्षा क्याम्पस सुर्खेतमा अध्ययनको सुरुवात गर्नु भएको थियो । २०६२ सालमा आइ एड,२०७५ सालमा वि एड साल गरी हाल तिला कर्णाली वहुमुखी क्याम्पस कालिकोटमा स्नाकोत्तोर (एम एड) मा अध्यायनरत हुनुहुन्थ्यो ।

घरका दोस्रो छोरा भएकै कारण बुवा आमाले खेती र पशुपालन गर्ने र बुबाले भारत गएर भारी बोकेर भाई बहिनी पढाउने काममा सघाउन बुबा सँगै भारत जाने पैसा कमाउने आफू पढ्ने र भाई बहिनी पढाउने काम गर्नु भयो । शिक्षा क्याम्पस सुर्खेतमा जनयूद्धको प्रभावित भएर अनेरास्ववियु(क्रान्तिकारी) क्याम्पस ईकाई सदस्य बनेर राजनैतिक यात्रा समेत शुरु गर्नु भएको थियो । अध्ययनको सिलसिलामा सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका वडा नं. ६ मेहेलकुना निवासी गजेन्द्र बहादुर के.सी. र सितला के.सी. का जेठी छोरी रिता के.सी.प्रेम भई २०६१ साल वैशाख महिनामा प्रेम प्रस्ताव राखेर २०६३ साल असोज २ गते आफ्नो जन्म घर ल्याइ सोही महिनाको १४ गते जनवादी विवाह भएको थियो । स्वगिर्य सिंह बहादुर शाहीको एक छोरा एक छोरी,आमा बुवा दुई भाई र एक दाजु सहित बैनिहरु रहेका छन ।
आवद्धता
१. २०५३ सालमा अनेरास्ववियु(क्रान्तिकारी) शिक्षा क्याम्पस इकाईमा आवद्ध
२.नेकपा(माओवादी केन्द्र) गेला गाउँ कमिटि सदस्य
३.नेकपा(माओवादी केन्द्र) निकट प्रेस सेन्टर कालीकोटको उपाध्यक्ष ।
४.नेपाल कृषि उपभोक्ता महासंघ कालीकोटको सदस्य
५.जिल्ला कृषि सहकारी संघ लि.कालीकोटको सचिव
६.नेपाल राष्ट्रिय कर्मचारी महासंघको जिल्ला सदस्य
७.नेपाल राष्ट्रिय बुद्धिजिवि संगठन कालीकोटको सदस्य
८. तिलाकर्णाली बहुमुखी कृषि सहकारी संस्था लि.महाबैका सचिव
हिमचुलि कृषि सहकारी संस्था लि.मा आवद्धता र जिम्मेवारी :
कालीकोट जिल्लामा गैरसरकारी संस्था(एनजिओ)को विगविगि भएको अवस्थामा रास्कोट नगरपालिका का काशिचन्द्र बरालको अगुवाईमा २०६५ सालमा स्थापना भएको हिमचुली कृषि सहकारी संस्था लि.ले विभिन्न कारोबार शुरु गर्न खोजेर देशभरका वित्तिय संस्थाहरुले समुदायमा गरेको कारोबारलाई विस्तार गर्न लघुवित्त कार्यक्रम कालीकोट जिल्लाका ग्रामिण भेगमा लैजान जनशक्तिको व्यवस्थापन गर्न संस्थाका अध्यक्ष काशिचन्द्र बराल संग महावैका स्थानिय समाजसेवि हर्क बहादुर शाही र संचालक समितिका महासविच जयचन्द्र अधिकारीको समन्वयमा २०६७ बैशाख महिनामा स्वलगानिमा लघुवित्त सम्बन्धी तालिम लिनका लागी सुर्खेत स्थित वातावरण सुधार बहुउद्देशीय सहकारी संस्था लिमा आधारभुत ज्ञान हांसिल गरेर शुभकालिकाका श्रीलाल भटराई र स्वर्गिय सिंह बहादुर शाहीले कालीकोट जिल्लामा हिमचुली कृषि सहकारी संस्था लि.मा लघुवित्त कार्यक्रमलाई २०६७ साल जेष्ठ २ गते मान्मको ताडीबाट सो कार्यक्रमको शुरुवात गरिएको थियो ।शुरुवातमा फिल्ड सहायकको जिम्मा लिएर साविकको कर्णाली अंचलको कालीकोट जिल्ला मै पहिलो लघुवित्त कार्यक्रको अभियान्ताका रुपमा अग्रसर हुनु भएको थियो ।
तत्कालि समयमा ग्रामिण समुदायमा वित्तिय अनुशासन नभएको अवस्थामा २० मासिक बचत गर्ने र बढिमा ५ हजार सम्म ऋण परिचालन गरेर सो कार्यक्रम लोकप्रिय भएको थियो । महिलाहरुलाई ऋण दिनु हुन्न भन्ने हाम्रो समाजमा महिलाहरुलाई कर्जा वितरण गर्ने र सोको रोहबर पुरुष राख्नु पर्ने अवस्थाको शुरुवात मात्र नभई घरमा स साना समस्या परेमा घरका मुलि कहलिएका पुरुषहरुले महिलाहरुबाट रकम माग्ने र व्यवसायको अग्रसर गराउने काम स्वर्गिय सिंह बहादुर शाहीले गर्नु भएको थियो । जहाँ महिलाहरु स्वर निकाले केही भन्न नसक्ने समाजमा सत्य बोल्छौं अनुशासित हुन्छौं जस्ता स्वावलम्बन गान गाएर सबैलाई नयाँ सन्देश दिन समेत सिंह बहादुर शाहीले गराउनु भएको थियो ।

समाजमा महिलाहरुलाई अब्बल गराउन र आत्मनिर्भरका लागि स साना व्यवसायको शुरुवात गराउने हिमचुलि कृषि सहकारी संस्था र त्यस कार्यक्रमको अगुवाई गर्ने सिंह बहादुर शाही हरेक शेयर सदस्य(व्यवसायिहरु दाजुभाई तथा दिदीवहिनि)हरुको मनमुटुमा बस्न सफल हुनु भएको छ ।
बंगलादेशमा मोहम्मद युनुसले गरिवि निवारणका लागि शुरु भएको लघुवित्त कार्यक्रम हिमचुलि कृषि सहकारी संस्था लि.कालीकोटमा तत्कालिन अध्यक्ष तथा हालका संरक्षक काशिचन्द्र बरालले नेतृत्व गरेको सो अभियानका सफल अनुयायिका रुपमा सिंह बहादुर शाहीले ग्रामिण क्षेत्रमा निरन्तर भुमिका निर्वाह गर्नु भएको थियो । संस्थामा २०६७ साल साउन महिना देखि पूर्णकालिन भएर कर्मचारीको रुपमा कार्यरत रहि महत्वपूर्ण जिम्मेवारी पुरा गर्नु भएको थियो । कम बोल्ने,स्टाफहरु संग सम्झाउने बुझाउने र नयाँ ज्ञानको खोजि गरेर निकास सहितको समाधान गर्ने खुबि भएका स्वर्गिय सिंह बहादुर शाही वित्तिय अनुशासन र व्यवस्थापनमा संस्थाका सबै कर्मचारीहरुमा अब्बल भुमिका निर्वाह गर्नु हुन्थ्यो
सहकारी संस्थाको हितलाई पहिलो प्राथमिकतामा राखेर आफु रहदा सम्म हिमचुलिको लागि अघि बढ्ने गर्नु हुन्थ्यो । पारिवारिक समस्याहरुलाई सहायक ठान्दै संस्थाका कामहरुमा अहोरात्र खटिने सिंह बहादुर शाही सहकारी क्षेत्रका लागि राष्ट्रिय प्रतिभाका रुपमा लिन सकिन्छ । आज हाम्रो सामु नभएपनि वहाँले छोडेका अधुरा सपना तथा बांकी कार्यभारहरु हामी सबैले पुरा गर्ने अठोट लिनै पर्छ । शैक्षिक क्षेत्रमा तिला कर्णालि बहुमुखि क्याम्पसबाट व्याचलर पास गरेका स्वर्गिय सिंह बहादुर शाहीले सोही क्याम्पसबाट विद्यावारिधिको सपना बोक्नु भएको थियो । वहाँले जिवनमा राजनैतिक क्षेत्रमा समेत सक्रिय रहदै आउनु भएको थियो । सामाजिक सेवाका लागि निरन्तर रुपमा अघि बढ्ने शाही निम्नानुसार संघसंगठनमा आवद्ध रहनु भएको थियो ।
स्वर्गिय सिंह बहादुर शाहीले संस्थाको महत्वपूर्ण जिम्मेवारी सफलता पूर्वक रुपमा सम्पन्न गर्दै संस्थाको आन्तरिक दैनिक प्रशासनिक तथा बाह्य कामहरु गर्दै आउनु भएको थियो । संस्थाको वार्षिक कार्ययोजना,कार्यन्वयन,कर्मचारीहरुको कार्यसम्पादन गर्नुका साथै कर्मचारीहरुको मासिक कार्ययोजना र प्रगतिको विश्लेषण सहित चेकजांच समेत गर्दै आउनु भएको थियो । संस्था भन्दा बाहिरका कामहरुमा राष्ट्रिय सहकारी बैंक,आरएमडिसि विभिन्न बैक तथा वित्तिय संस्थाहरुमा रिर्पाेटिङ्ग,कर्जा लगाएतका प्रस्तावहरु पेश समेत गर्दै आउनु भएको थियो ।सहकारी संस्थाका लागि मात्र नभई स्वर्गिय सिंह बहादुर शाहीले माग गरेका ठाउँमा सहकारी सम्बन्धि प्रशिक्षकको भुमिका निर्वाह मात्र नभई सहकारी लेखापरिक्षणका लागि परामर्श सेवा समेत दिदै आउनु भएको थियो ।संस्था विकासका लागि हरेक बैठकहरुमा उचित तर्क सहितको बहस गर्न माहिर हुनुहुन्थ्यो ।
शिक्षा,तालिम,क्षमता तथा सिप विकासः
१) फिल्ड सहायक तालिम २०६७ वैशाख
२) सहकारी लेखा तालिम २०६७ चैत्र ( ३ पटक )
३) लघुवि व्यवस्थापन तालिम १ पटक
४) रणनिती तर्जुमा तालिम १ पटक
५) सहकारी व्यवस्थापन तालिम १ पटक
६) सफ्टवेर तालिम १ पटक
७) कर्जा विश्लेषण तालिम १ पटक
८) व्यवसाय योजना निर्माण तालिम १ पटक
९) नेतृत्व विकास तालिम १ पटक
१०) राष्ट्रिय स्तरका गोष्ठीहरुमा १९ भन्दा बढि तालिम गोष्ठिमा सहभागी हुनु भएको थियो
हिमचुलि कृषि सहकारी संस्थाको जिम्मेवारी :
हिमचुलि कृषि सहकारी संस्था लि.मा २०६७ साल देखि हाल सम्म निम्नानुसारको जिम्मेवारी वहन गर्दै आउनु भएको थियो ।
१.फिल्ड सहायक २०६७ देखि २०६९ साल
२.लघुवित्त प्रबन्धक २०६९ देखि २०७२
३.वरिष्ठ प्रबन्धक २०७३ देखि २०७५
४.कर्जा प्रमुख २०७६ देखि २०७७
५. सहायक व्यवस्थापक २०७७ देखि २०७८ माघ  सम्म
यस सहकारी संस्थाको निम्ति मात्र नभई सिंगो राष्ट्रका लागि स्वर्गिय सिंह बहादुर शाहीको निधनले क्षेति तुल्याएको छ । आजको सहकारीको विकास र सम्बद्धनका लागि हामी सबैका लागि प्रेरणाको श्रोतका रुपमा लिन सकिन्छ । भावि दिनमा हिमचुलि कृषि सहकारी संस्था लि.ले स्मरणका लागि वहाँका सपना पुरा गर्नेका लागि सिंह शाही स्मृति अक्षयकोषको व्यवस्थापन गरी सो कोषमा उचित रकमको जोहो गर्दै अघि बढ्ने छ भने कोषको रकमबाट प्राप्त व्याजबाट जिल्लाका टुहुरा वालवालिकाहरुको हितमा सहयाेग गरिने भएकाे बताइएकाे छ ।

शाहीकाे सम्झनामा सँस्थाका ११ वटै सेवा कार्यालयमा फाेटाे राखेर दाेस्राे स्मृति सभा गरिने भएकाे सँस्थाले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित