हिमचुलि सहकारीद्धारा सान्निमा डेढ लाख विमा राहत हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुलि कृषि सहकारी संस्था लि.का मृतक सदस्यका घरपरिवारलाई डेढ लाख राहत हस्तान्तरण गरिएको छ । सहकारी संस्थाका मृतक सदस्य सान्नित्रिवेणि वडा नम्बर ४ निवासि स्वर्गिय मिना कुमारी शाह (शाही) गएको भाद्र १६ गते माटो खन्न जांदा ढिस्कोले परिएर मृत्यु भएको थियो । मृतक निनाका श्रीमान विरेन्द्र शाहीलाई आज एक कार्यक्रमका विचमा एक लाख ५० हजार राहत हस्तान्तरण गरिएको छ ।

सहकारी संस्थाको सान्नित्रिवेणि सेवा कार्यालयले आयोजना गरेको अर्धवार्षिक समिक्षा तथा उद्यमि महिला केन्द्र प्रमुखहरुको गोष्ठिमा उक्त राहत हस्तान्तरण गरिएको बताइएको छ । संस्थाका पुर्व उपाध्यक्ष तथा सल्लाहकार देवनारायण संज्यालले एक लाख ५० हजारको चेक हस्तान्तरण गर्दै सदस्यहरु सबैले दुर्घटना विमा गर्नु अनिवार्य रहेको बताएको सेवा कार्यालय व्यवस्थापक सरला बुढाले जानकारी दिएकी छन ।

हिमचुलि कृषि सहकारी संस्थाले आफ्ना १४ हजार सदस्यहरुको दुर्घटना विमा गर्ने गरेको र दुर्घटनाबाट निधन भएमो डेढ लाख राहत दिने गरेको र कालगतिमा मृत्यु भएमा ५ देखि १५ हजार सम्म क्रियाखर्च समेत दिदै आएको संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले बताएका छन । उक्त संस्थाका जिल्लाभर ११ वटा सेवा कार्यालय रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित