स्थानिय सरकारलाई शुसासन सम्बन्धि न्यायिक साक्षरता दिदै

7
SHARES
15
VIEWS

कालिकोट । स्थानिय सरकारका जनप्रतिनिधि र कर्मचारीलाइ शुसासन सम्बन्धि न्यायिक साक्षरता सम्बन्धि तालिम संचालन गरेको छ। कर्नाली प्रदेश प्रशिक्षण प्रतिष्ठान सुर्खेतले आयोजना गरेको तालिम रास्कोट र पलातामा न्यायिक साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

रास्कोट नगरपालिकामा माघ २४ र २६ गते  आरसिपि बजार र पलाता गांउ पालिकामा माघ २५ र २६ गते थिर्पुमा शुसासन सम्बन्धी तालिम संचालन गरिएको बनाइएको छ। रास्कोटमा शुसासन सम्बन्धि न्यायिक साक्षरता तालिम शुसासन विज्ञ डाक्टर सिता ढुंगानाले सहजिकरण गरेकी हुन । सो तालिममा स्थानिय सरकारले आर्थिक प्रशासनिक र विकास निर्माणमा अपनाउनु पर्ने निति नियम र कानुनी प्रक्रियाको जानकारी गरिएको बताइएको छ ।

त्यसै गरी पलातामा संचालित तालिममा सहभागीहरुले स्थानिय सरकारले शुसासन सम्बन्धी अपनाउनु पर्ने प्रक्रियाको बारेमा जानकारी भएको पलाता प्रवक्ता तिलक बुढाले बताएको छन। कर्नाली प्रशिक्षण प्रतिष्ठानले कालीकोटका सबै स्थानिय तहमा तालिम संचालन गरिने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित