महाबैमा अनुदानको नुन वितरण

7
SHARES
15
VIEWS

कालीकोट । महाबै समुदायका लागि अनुदानको नुन गाउँमै पाउने भएका छन । आज महाबै गाउँ पालिका अध्यक्ष खेम बहादुर सिंह र हिमचुली सहकारीका सचिव पौरख विश्वकर्माले समुदायलाई मुन वितरण गरेर उद्घाटन गरेका छन।

जिल्ला सदरमुकाम मान्ममा एक दिन लगाएर आउनु पर्ने बाध्यता बाट समुदायका लागि सहज सेवा गराएको बताउँदै अध्यक्ष सिंहले गाउँमा सिंहदरवार आएको जनतामा महसुस हुने गरी सेवा सुचारु गरेको बताउदै आगामी वर्ष सुपथ मल्य पसल संचालन गर्ने बताएका छन ।

महाबै गाउँ पालिकाको समन्वय तथा हिमचुली सहकारी संस्थाको साझेदारीमा साल्ट ट्रेडिङ लिको अनुदानको नुन महावैका जनताका लागि बिर्तामोडमा वितरण केन्द्र बाट विक्री गरिने बताइएको छ। उक्त केन्द्रबाट हरेक महिनाको ७ गते, १४ गते र २१ गते विक्री गरिने संस्थाका महाबै सेवा कार्यालय व्यवस्थापक प्रमिता विष्टले बताएकी छन्। महावैका समुदायले एक जनाले ५ पाकेटका दरले नुन पाउने र उक्त नुन अनुदानमै उपलब्ध गराइने भएको बताइएको छ ।

उक्त कार्यकममा महाबै गाउ पालिका अध्यक्ष खेम बहादुर सिंह , उपाध्यक्ष दानसिंह सेजुवाल र संस्थका सचिव पौरख विक सहित सहायक व्यवस्थापक रुपेन्द्र ऐडी, व्यवसाय विभाग प्रमुख कृष्ण बरालको उपस्थितिमा नुन वितरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित