यसरी मनाइयो सहकारी दिवस

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाभर सहकारी दिवस मनाइएको छ ।६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्लाभर विविध कार्यक्रमका साथ सहकारी दिवस मनाइएको छ । जिल्ला स्थित हिमचुलि कृषि सहकारी संस्था लि.का ११ वटा सेवा कार्यालयमा रचनात्मक कार्यक्रम सहित दिवस मनाइएको छ ।

जिल्लाको रास्कोट नगरपालिकाको कृषि तथा सहकारी शाखाको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाएको छ भने अन्य क्रियासिल सहकारीहरु मध्ये विभिन्न सहकारी संस्थाले हरेक कार्यक्रम गरेर दिवस मनाइएको छ ।

पचालझरना गाउँ पालिकाको वडा न.१मा दिदि बहिनि बचत तथा ऋण सहकारी संस्थाले नाचगान सहित दिवस मनाएको छ भने शुभकालिका गाउँ पालिकाको दाहालदेब कृषि सहकारी संस्थाले सदस्य तथा अन्य सहकारी विच सिन्दुर जात्रा गरेर सहकारी दिवस मनाएको बताइएको छ ।
जिल्लाभर ४ सय बढि सहकारी भएपनि सहकारी दिवस भने कमै सहकारीले मनाएको जिल्ला सहकारी संघ लि.कालीकोटले जनाएको छ । कालीकोट जिल्लामा सहकारी प्रति चासो नभएका कारण दिवस भने प्राथमिकतामा रहेको भने छैन । स्थानिय तहले बजेट नभएको भन्दै सहकारी दिवस मनाएका छैनन ।

प्रदेश रजिष्ट्रार कार्यालयले भने कार्यक्रम गरेर दिवस मनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित