Skip

News Portal

  • चितवन-पचालझरना भगिनि सम्बन्ध सम्झौता पत्रमा हस्ताक्षर

    रुपेन्द्र ऐडी२६ चैत्र
    ३६७ पटक
    २६ चैत्र

    कालीकोट । पचालझरना र चितवन महानगर पालिका बिच भगिनी सम्बन्ध कायम गरी कार्यक्रम सम्झौता भएको छ । आज चितवन उपमहानगर पालिका प्रमुख रेणु दाहाल र पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीको उपस्थितिमा कार्यक्रम सम्झौता भएको छ । उक्त सम्झौतामा चितवन महानगर पालिकाले पचालझरना गाउँ पालिकालाइ आबस्यक सहयोग गर्ने र सोही अनुसार कार्यक्रम गरिने बताइएको छ।

    पचालझरना गाउँ पालिका अध्यक्ष देबराज शाहीले अब चितवन महानगर पालिकाले आबश्यक बजेट ब्यबस्थापन सहित विभिन्न कार्यक्रम गरिने बताए ।उनका अनुसार स्थानीय तह साझेदारीमा गरिने कामका बारेमा सहकार्य समन्वय मार्फत  कामकारबाही गरिने भएको छ । यस कार्यक्रमले पचालझरनाको बिकाशमा  कोशेढुंगा साबित हुने अध्यक्ष शाहीले बताए ।

    सो कार्यक्रममा पचालझरना गाउँ पालिका उपाध्यक्ष अल्किना बम,प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी सहितको उपस्थिति रहेको बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्