कालीकोटमा पहिलो पटक पाउलोनियाका विरुवा वितरण

7
SHARES
15
VIEWS

कालीकोट । कृषकलाई जिल्लामा पहिलो पटक पाउलोनियाको विरुष वितरण गरिएको छ । वर्षेनि फलफुल जन्य तथा घाँसे जातको विरुवा वितरण गरिने भएपनि यस वर्ष जिल्ला कृषि विकास कार्यालय कालीकोटले पाउलोनियाका विरुवा वितरण गरेको हो ।

कृषि बन कार्याक्रम अनुसार खांडाचक्र नगरपालिकाका कृषकहरुलाई ३ हजार पाउलोनियाको विरुवा वितरण गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । कृषकहरुलाई घांस र दिर्घकालिन रुपमा काठको उपयोग गरी आम्दानि लिनका लागि पाउलोनियाको विरुवा वितरण गरिएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । वहांका अनुसार खांडाचक्र नगरपालिकाका वडा न. ७ स्थित पिलिमा कृषि वन वातावरण कार्यक्रमका लागि वितरण गरिएको हो ।
कृषकहरुको माग नभएपनि फरक जातको विरुवा लगाउदा दिर्घकालिन रुपमा फाइदा पुग्ने भएकाले पाउलोनियाका साथै  सफेदाको विरुवा ल्याइएको कृषि विकास कार्यालय कालीकोटका ना.प्र.स. राजेन्द्र बहादुर सिंहले बताउनु भएको छ । काठमाडौंबाट ल्याइएका उक्त विरुवा बजार दर अनुसार २ सय ५० देखि ६ सय सम्म पर्ने र हाल कालीकोट जिल्लामा ३ हजार विरुवा ल्याइएको बताउनु भएको छ ।

सिंहका अनुसार कृषकहरुलाई ५० प्रतिशत अनुदान र ५० प्रतिशत स्वलगानि गर्ने गरी ३ हजार विरुवा ल्याइएको बताउनु भएको छ । अहिले यस विरुवाको महत्व नबुझेर माग नभएको बताउदै सिंहले समुद्रि सतहबाट २ हजार ५ सय मिटर उचाइमा उक्त विरुवा हुने र दक्षिण मोहडा भएको क्षेत्रमा हुन सक्ने भएकाले पहिलो पटक परिक्षणको रुपमा ल्याइएका हौं ।

विरुवा लगाएको १० वर्ष सम्म यसको उपयोग हुने र ७० फिट सम्म उचाई हुने बताइर्एको छ । कालीकोटमा पहिलो पटक अल्मण्डको विरुवा लगाइएको भएपनि त्यसको लागि हावापानि तथा वातावरण नमिल्दा कालीकोटमा उत्पादन दिन नसकेको कृषकहरुले बताएका छन ।
के हो पाउलोनिया ? यसका फाइदाहरु के के छन ?

पहिलो पटक मेलसियाबाट पाउलोनियाको विरुवा ल्याइएको बताइएको छ । पहिलोब पल्ट मलजलको निकै जरुरी हुन्छ । एक वर्ष भित्र ५ फिट उचाइ बढ्ने गरेको छ । काठको लागि निकै उपयोगि मानिने पाउलोनियाले लामो समय पछि सम्म लगानिबाट प्राप्त प्रतिफल पाउने गरेको छ ।

पाउलोनियाको पातलाई जडिबुटीको रुपमा प्रयोग गरिनुका साथै गाइ वस्तु,कुखुरा,बंगुरको दानाको रुपमा प्रयोग गरिन्छ । यो विरुवा थोरै लगानिमा छिटो बढ्ने डाले घांस हो । पिपल भन्दा बढि अक्सिजन दिने भएकाले बांझो जमिनलाई उपयोग गर्न सकिन्छ । एक पटक लगाइसके पछि ७ पटक सम्म पालुवा पलाएर हुर्कने गरेको पाइन्छ । त्यस वखत गाइ वस्तुलाई डाले घांसको रुपमा उपयोग गर्न सकिन्छ । त्यसका साथै फुल फुल्ने भएकाले मौरी पालन गर्न सकिन्छ । प्रत्येक वर्ष काठ बेच्दा ५० हजार देखि २ लाख सम्म आम्दानि दिने गरेको पाइन्छ ।

पाउलोनियाको नाम एक सुविधा अनेक ?

८ देखि १० वर्ष सम्म रुख काटेर विक्रि गर्दै जाने क्रममा पुन काटेको ठाउँ बाट अर्काे विरुवा उम्रिने गर्छ । पांच पुस्ता सम्म उक्त रुखले निरन्तर दिने गर्छ ।विरुवा लामो हुने भएकाले तल्लो क्षेत्रमा अन्य वालि लगाउन समेत सकिन्छ । पाउलोनियको हल्का पहलो र खैरो काठमा आगोले समेत असर गर्दैन । यस विरुवाले अन्य विरुवाको भन्दा १० गुणा कार्वन खपत गर्द छ । एक वयस्क पाउलोनियाले प्रत्येक वर्ष २ दशमलव १३ टन अक्सिजन उत्पादन गर्दछ भने सोही मात्रामा कार्वन खपत गर्दछ भने एउटा बोटले प्रत्येक दिन ५६ दशमलव ८ लिटर पानि स्टोर गर्दछ भने माटोको फोहोर तथा हानिकारक वायु समेत शुद्धिकरण गर्दछ । किरा पटक्कै नलाग्ने र माहुरीको घार बनाउदा अत्याधिक मात्रामा मह लगाउने गरेको पाइएको छ ।

फर्निचर सम्बन्धि सम्पूर्ण काम गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित