कालीकोट । ट्राफिक प्रहरीले यातायात दुर्घटनामा न्युनिकरणका लागि स्थानिय सरकार संग साझेदारी गर्न थालेको । कर्नालि करिडोरका खुलालु हिल्सा सडक अन्तरगत पर्ने पचालझरनामा चेकजांच कडाई गरेको छ ।
पचालझरना गाउँ पालिका संगको सहकार्यमा अस्थायी प्रहरी पोष्टले गतिविधिमा तिव्रता दिएको छ । कर्नालि करिडोर गुड्ने सवारी साधनको चेकजाँचमा कडाई गरेर सडक दुर्घटना कमि ल्याउन पालिका सरकार सँग समन्वय गरी अगाडि बढेको बताईएको छ । अस्थायि टा्रफिक पोष्ट प्रमुख युवराज सिँहले कानुनले दिएको अघिकार प्रयोग गरी सर्वसाधारणलाई सहजता कायम गर्न पहिलो चरणमा ट्राफिक शिक्षा दिई पठाउने गरेको बताए । उनले भने आफुले जनताको हितमा काम गर्ने गरी जिम्मेवारी पुरा गरेको तर यात्रुहरूको जिद्दी र अशिक्षाका कारणले सवारी साधन दुर्घटना हुने गरेको बताए ।
पचालझरना गाउँ पालिकामा सवारी साधनको नियम विपरित कार्वाहीलाई प्रक्रिया अघि बढाइएकोे बताउदै आगामि दिनमा व्यवस्थित गरी यात्रुलाई सहजता कायम गर्न पचालझरना गाउँ पालिका संग सहकार्य अघि बढाएको सिंहको भनाई रहेको छ ।
पचालझरनामा अस्थायि ट्राफिक पोष्ट स्थापना गरी यातायातमा सहजता कायम गर्न ट्राफिक प्रहरीले ठुलो भुमिका निर्वाह गरेको बताउदै पचालझरना गाउँ पालिका अध्यक्ष देवराज शाहीले स्थानिय सरकार र ट्राफिक विच समन्वय सहकार्यबाट अघि बढेको बताए ।
पछिल्लो समय अस्थायि ट्राफिक प्रहरी पोष्ट स्थापना पछि यात्रुहरुले सहजता पाएको अध्यक्ष शाहीको भनाइ रहेको छ ।
Discussion about this post