पचालझरनामा लैङ्गिक हिँसा बिरुद्ध सराेकारवालाको ऐक्यवद्धता

7
SHARES
15
VIEWS

कालीकाेट। पचालझरना गाउँ पालिकामा लैङ्गक समानता तथा समाजिक समाबेशी करण सम्बन्धि सराेकारवाला विच अभिमुखीकरण कार्यक्रम भएको छ ।

कार्यक्रमका सहभागिहरुले समाजमा ब्याप्त रहेकाे लैङ्गिक असमानताको जालाे चिर्न र समाजमा रहेकाे विभिन्न किसिमको बिभेदकाे अन्त गर्न अबकाे पुस्ताकाे जिम्मेवारी रहनु पर्ने सुझाव दिएका छन । सहभागिले लैङ्गिक आधारमा हुने बिभेदका बारेमा किर्डाक नेपालका सडानन्द तिमिलसेनाले सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा बाेल्दै प्रमुख अतिथि गाउँ पालिकाका प्रबक्ता प्रभुजन सँज्यालले आगामी दिनहरुमा लैङ्गक हिंसा अन्त्य गर्ने अबस्थामा पालिका सरकारले फरकपन दिने गरी गैर सरकारी संघ संस्थासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता गरेका  छन् ।

पचालझरना गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारीकाे अध्यक्षता तथा पचालझरना गाउँ पालिका कार्यवाहक अध्यक्ष प्रभुजन संज्यालको   उपस्थितिमा उक्त कार्यक्रम गरिएको हो ।

त्यसै गरी  पचालझरना गाउँ पालिका वडा न.५ का वडा अध्यक्ष भक्त बहादुर बमकाे बिषेश आतिथ्यतामा वडा नं . १ देखि ९ सम्मका वडा अध्यक्ष सामाजिक बिकास कार्यालयका दक्षिणा शाही,शिक्षा युवा खेलकुद शाखा प्रमुख नमराज शाही,महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख सपना शर्मा लगायत सराेकारवालाहरुकाे उपस्थिति  रहेकाे थियो । पचालझरना गाउँ पालिकाका २७ वटा सामुदायिक बिद्यालयबाट प्रतिनिधित्व रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित