बर्म ऐडी सहित ४ दाजुभाइले गरे आमा बुवाको नाममा अक्षयकोष स्थापना

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा बर्म ऐडी सहित ५ भाई बाहिनिले मृतक आमा बुवाको नाममा अक्षयकोष स्थापना गरेका छन। पचालझरना वडा नम्बर १ निवासी स्वर्गिय देउराम ऐडी र निजको धर्म पत्नि इन्द्रसरा ऐडीको सम्झनामा ५० हजार राशीको अक्षयकोष स्थापना गरेका छन । सरस्वती माध्यमिक विद्यालय सिकुमा खडा गरिने कोषको नगद राशी ५० हजार रकम विद्यालयमा एक कार्यक्रमको आयोजना गरी प्रधानध्यापक शंकर न्यौपानेलाई हस्तान्तरण गरिएको घर परिवारले जनाएका छन ।

देउराम ऐडी वि.स. २०२९ सालमा पन्चायती व्यवस्था रहेको समयमा मान्म पंचायतकाे सदस्य भई आफ्नै कार्यकालमा संस्थापक रहेर विद्यालय स्थापना गरेको अवसरमा “देउराम इन्दसरा स्मृति अक्षयकाेष “खडा गरेर साेही काेषमा रहने गरी रु ५० हजार रुपैया श्री सरस्वती माध्यमिक विद्यालयमा रहने र सो कोषबाट आएको ब्याज रकमबाट प्रत्येक बर्ष गरिब, असाय, विपन्न, जेहेन्दार, अशक्त विद्यार्थीहरुका लागी खर्च गरिने बताइएको छ ।

जेष्ठ ११ गते निधन भएकी इन्दसरा ऐडीको १३ औं दिनको पुण्यतिथिमा घोषणा गरेको भएपनि आज समुदायको उपस्थितिमा सार्वजनिक सहित नगद रकम हस्तान्तरण गरिएको हो ।

उक्त रकम राहत तथा सहयोगका लागि कार्यविधि बनाइ परिचालन गरिने बताइएको छ। स्वर्गिय देउराम ऐडी र इन्दसरा ऐडीका छोरा बर्म ऐडी, सर्जन ऐडी, मोहन ऐडी र अनिपाल ऐडी सहित छोरी कलसरा ऐडीले खडा गरेको कोषले गाउँमै नमुना काम गरेको बताएका छन । विद्यालय व्यवस्थापन समिति सदस्य अलि खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष जसिराम न्यौपाने सहितको समुदायले वुवा आमाको नाममा अशयकोष स्थापना गरी सकरात्मक सन्देश प्रवाह गरेको प्रतिक्रिया दिएका छन। सो कार्यले असाहय तथा विपन्न वालवालिकालाई राहत पुग्ने बताउँदै विद्यालयका प्रधानध्यापक शंकर न्यौपानेले रकमको दुरुपयोग नहुने बताएका छन ।

घर परिवारको तर्फबाट स्वर्गिय देउराम र इन्दसरा ऐडीको छोरा बर्ष ऐडीले वुवा आमाको आत्माले शान्ति पाउने र विद्यालयमा असाहय वाला वालिका र विपन्न जेहेन्दारका लागि सहयोग पुग्ने बताएका छन। पचालझरना गाउँ पालिकामा विद्यालय संग मिलेर ५० हजार राशीको अक्षयकोष स्थापना गर्ने पहिलो व्यक्तिका रुपमा बर्म ऐडी रहेका छन। यस अघि विभिन्न व्यक्तीले अक्षयकोष स्थापना गरेको भएपनि विद्यालय संग भने सहकार्य गरेका थिएनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित