उद्योगि व्यवसायिहरुको हितमा सरकार अघि बढेको छ -पूर्वमन्त्रि बस्नेत

7
SHARES
15
VIEWS

कालीकोट । नेपाल सरकारका पूर्व सामान्य प्रशासन मन्त्रि टेक बहादुर बस्नेतले पछिल्लो समयमा सरकारले उद्योगि तथा व्यापारीहरुको हितमा काम गर्दै आएको बताएका छन । अघिल्लो सरकारले एक पालिका एक उद्योग ग्रामको अभियानात्मक रुपमा थालेको कार्यक्रमले उद्योगिहरुमा उत्साह थपिएको र अहिले पनि साे कार्यक्रमलाइ निरन्तरता दिएकाे बताउदै अब कालीकोटका सबै स्थानिय तहले स साना उद्योग संचालनमा थप प्रोत्साहनका कार्यक्रम अघि बढाई देशमै स्वरोजगार बनाउन लागि पर्नु पर्ने बताएका छन ।

पूर्व मन्त्रि बस्नेतले आउने दिनमा कालीकोटका सबै उद्यागि तथा व्यापारीले उत्पादन र बजारीकरणलाई जोड दिन आग्रह गरेका छन । पूर्वमन्त्रि बस्नेतले नवनिर्वाचित पदाधिकारीलाई बधाइ समेत दिएका छन ।त्यसै गरी नेपाल उद्योग व्यापार महासंघका कर्नालि प्रदेश इन्चार्ज तथा औद्योगिक ग्रामका लागि प्रदेश सरकारका प्रतिनिधि उदयराम डांगिले जिल्ला स्तरको औद्योगिक ग्रामका लागि रास्कोटलाई केन्द्रित गरेर अघि बढेको बताउदै जिल्ला स्तरमा समेत प्रशासनिक कामकार्वाहीका लागि संरचना बन्ने र आउने दिनमा कृषकहरुले शुरुवातिमा परामर्श, त्यसपछि तालिम र तेस्रो चरणमा मात्र उद्योग दर्ताको प्रक्रिया अघि बढाउने गरी काम थालनि गरेको बताएका छन ।

डांगिले उत्पादन र बजारीकरणका लागि नेपाल उद्योग व्यापार महासंघले देश तथा विदेशमा समन्वय गर्ने बताउदै उत्पादित वस्तुको मात्रा बढाउनु पर्नेमा जोड दिएका छन । सो कार्यक्रममा नेकपा(माओवादी केन्द्र)की केन्द्रिय सदस्य गंगा खड्काले महिला उद्यमिको हितमा कामकाजलाई सरकारले पनि प्राथमिकताका साथ सहयोग गर्दै आएकाले आगामि दिनमा थप जोड दिन आग्रह गरेकी छन ।

कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य मन बहादुर सिंह,महाबै गाउँ पालिका अध्यक्ष खेमबहादुर सिंह,नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय सचिव सुर्यविक्रम थापा,प्रेम रावत लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
सो भेलाले भानु प्रभात पाण्डेको अध्यक्षतामा २१ सदस्य जिल्ला समिति गठन गरेको छ भने हिरालाल चौलागाईको अध्यक्षतामा खांडाचक्र नगर कमिटि गठन गरेको महासंघका सचिव कृष्ण प्रसाद बरालले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित