पचालझरनामा बर्थिङ सेन्टरकाे सामाग्रि हस्तान्तरण

7
SHARES
15
VIEWS

कालीकाेट । पचालझरना गाउँ पालिकामा  सुत्केरीको सुरक्षाका लागि बथिङ सेन्टर का लागी सामाग्री हस्तान्तरण गरेकाे छ ।पचालझरना गाउँ पालिका वडा नं ७ स्वास्थ्य चाैकी नानिकाेटकाे समन्वय र वान हर्ट वल्र्ड बाईट र युनिसेफकाे सहयाेग तथा भिडिसेफ नेपालकाे सहकार्यमा स्वास्थ्य सँस्थामा गाउँ घरका महिलाहरु सुत्केरी हुने सँख्या कम हुँदै गए पछि सुरक्षित प्रसुति हुन सहजता गराउन सामाग्री हस्तान्तरण गरिएकाे बताइएकाे छ ।पछिल्लाे समयमा सामाग्रि अभावमा कयाै‌ँ महिलाहरुले ज्यान गुमाउनु परेकाे छ ।

महिलाहरुकाे ज्यान बचाउन नसकिने अबस्थामा वान हर्ट वल्ड बाईट र युनिसेफ नेपालकाे सहयाेगमा सामाग्रि वितरण गरिएकाे हाे ।

साे कार्यक्रममा युनिसेफ नेपालका  इश्वर बडु र भिडीसेफ नेपालको अध्यक्ष कल्पना रावलको सहभागिता रहेको बताइएकाे छ । उक्त सामाग्रि दुई लाख ५० हजार बराबरकाे रहेकाे स्वास्थ्य चाैकी नानिकाेटका प्रमुख जगत बहादुर शाहीले बताए । उनका अनुसार अाउने दिनमा कुनै महिलाले सुत्केरी हुन नसकी अकालमा मृत्युकाे मुखबाट बच्ने बताउदै सहयाेग गर्ने सबै निकायालाइ धन्यवाद दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित