बहिनि माथि बलत्कार गर्ने वडाध्याक्ष शाही पक्राउ

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको खांडाचक्र नगरपालिकाका एक वडा अध्यक्ष बलात्कार आरोपमा प्रहरीले नियन्त्रण लिएको छ ।

विगत तिन वर्ष देखि बहिनि नाता पर्ने १७ वर्षिया कक्षा १०मा अध्ययनरत बालिकालाई फकाउदै लगातार बलात्कार गर्दै आएको रहस्य खुले पछि वालिकाले दिएको जाहेरी अनुसार खांडाचक्र नगरपालिका वडा न.६का वडाध्याक्ष जगदिश शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । स्थानिय निर्वाचनको समयमा भोट माग्न जाने क्रम देखि नजिक आएर कुरा गर्दै जाने क्रममा फकाउदै आएको र त्यस पछि आफुलाई जवरजस्त गरेको बताएकी छन ।

पहिलो पल्ट पैशा दिने कपडा चाहिएको होकी भन्ने कापि कलम दिन्छु भन्दै आएको र एक दिन खाजा खान आउनु भन्दै घरमा बोलाएर जवरजस्त ढोका बन्द गरेर करणी गरेको बल्तकृत बालिकाले बताएकी छन ।

बारम्बारको डर धम्किका कारण आफुले आफन्तलाई भन्न कठिन भयो आमालाई भन्न एक दुई पटक आंट गरे तर भन्न सकिन ? अहिले साथि संग भनेर मात्र थाहा भएको हो ।गएको भाद्रमा आफैले घरमा बोलाएर जवरजस्त गरेको एक वालिकाले आफन्लाई भन्दा एक वर्ष पछि दवाव दिदै करणि गरेको रहस्य बाहिरिएको हो ।

उनलाई स्कुलमा जाने क्रममा सधै बोलाउने वडा कार्यालयमा समेत बोलाउदै फकाई फुलाई गर्दै पटक पटक जवरजस्ती गरेको उनले बताएकी छन ।
बालिकाले आफन्तको सहयातामा मंगलबार जिल्ला प्रहरी कार्यालय कालीकोटमा जाहेरी दिए पछि प्रहरीले खोजी कार्य जारी राख्ने क्रममा सांझ सदरमुकाम मान्ममा वडा अध्यक्ष जगदिश शाहीलाई प्रहरीले नियन्त्रण लिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरिक्षक यज्ञराज जैसिले
जवरजस्ति करणको जाहेरीका आधारमा वडा अध्यक्ष जगदिश शाहीलाई नियन्त्रणमा लिएको बताउनु भएको छ । वहाँका अनुसार जाहेरीका आधारमा अभियुक्त वडा अध्यक्षलाई कानुनि कार्वाही हुने बताउनु भएको छ ।
वडा अध्यक्ष जगदिश शाही खांडाचक्र नगरपालिकामा हरेक योजनामा दादागिरी गरे योजनाहरु आफुलाई नदिए धम्क्याउने गर्दै आएको बताइएको छ । गाउँमा समेत सबै माथि थिचोमिचो गर्दै आएका वडा अध्यक्ष शाहीलाई अन्य महिलाहरुलाई समेत प्रलोभनमा पार्ने गरेको एक स्थानियले बताएका छन । वडाअध्यक्ष जगदिश शाही तत्कालिन नेकपा(एमाले)बाट विजयि भएका हुन ।
कालीकोट जिल्लाको नरहरिनाथ गाउँ पालिकाका वडा न. ६का वडा अध्यक्षलाई रंगेहातमा भेटिएको घटना सेलाउन नपाउदै खांडाचक्र नगरपालिकामा अर्काे घटना घटेको हो ।बलत्कृत वालिका र प्रत्यक्षदर्शि वालिकाको ४५ मिनेट लामो अडियो कर्नालि संचारमा सुरक्षित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित