रैथाने वालिका लागि विउ बैँक

7
SHARES
15
VIEWS

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिकामा रैथाने बालीको संरक्षण गर्न सामुदायिक बीउ बैंक सञ्चालन गरिएको छ । यहाँ रहेको रारा सामुदायिक बीउ बैंकले रैथाने बालीको बीउ संरक्षण गर्दै आएको छ ।

संघसंस्थाहरुको सहयोग र सहकार्यमा नगरपालिकाले समुदायस्तरमै बीउ बैंक स्थापना गरी संरक्षणको व्यवस्था गरेको हो ।

वडा नं. ५ ढुममा ०७७ सालमा स्थापना भएको बीउ बैंकमा हाल नगरपालिकाका सबै वडाका बासिन्दा सदस्य छन् । बैंकमा धान, मार्सी, कागुनो, जौँ, फापर, कोदो, भटमास, उवा, चिनो, सिमी, मास, मुसुरो लगायत अन्य अन्नबाली, टिमुर, खुर्सानी, धुनियाँ, अदुवा, जिरा, लसुन, प्याज, बन्दा, गाँजर, मुला लगायत मसला र तरकारी बालीहरुको संरक्षण गरिएको अध्क्षय कालीबहादुर रोकायाले बताउनुभयो ।

‘गाउँ–गाउँमा विदेशी उत्पादनले पकड पायो । मान्छेहरुले पनि कुन रैथाने, कुन विदेशी छुट्याउन सक्ने अवस्था भएन ।’ उहाँले भन्नुभयो, ‘किसानलाई आवश्यक पर्दा रैथाने बाली लगाउन र बीउ रोप्न सहज होस् भन्ने हेतुले हामीले रैथाने बाली संरक्षण गरेका छौँ ।’

अहिले नगर क्षेत्रमा उत्पादित स्थानीय उत्पादनको बजारीकरणका लागि कोशेली घरको समेत स्थापना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित