पलांताले आर्थिक व्यवस्थापन गर्न नसक्दा ३७५ जना जागिरबाट निकाल्दै

7
SHARES
15
VIEWS

कालीकोट । कुनै समय एक घर एक रोजगारको नाराले चर्चित पलांता सरकारले आफैले नियुक्ति गरेका कर्मचारीहरुको आर्थिक व्यवस्थापन गर्न नसक्दा विभिन्न तहमा कार्यरत करार कर्मचारीलाई घर पठाउने भएको छ । करार तथा अन्य कर्मचारीहरुलाइ विगत नौ महिना देखि तलव दिन नसकेको पलांता गाउँ पालिकाले आर्थिक वर्ष २०७६।०७७मा आर्थिक व्यवस्थापन गर्न नसक्दा  साउन १ गते देखि विदाई गर्न लागेको बताइएको छ ।

पलांता गाउँ पालिकाले निर्माण गरेको पलांता निर्माण कार्यदलका स्वयंम सेवक ३० जना,३२ जना स्वस्थकर्मि,४२ जना बन चौकिदार,१५५ जना निर्माण दल,६२ जना शिक्षक,११ जना सिविल प्राविधिक,२ जना कृषि प्राविधिक,१३ जना उर्जाका कर्मचारी,१ जना वन कर्मचारी,१ जना खानेपानि कर्मचारी,१३ जनाम महिला शसक्तिकरण कार्यक्रम,१३ जना प्रशासनका श्रेणिविहिन गरी ३ सय ७५ जनालाई रोजगारी दिदै आएको थियो । साउन १ गते विदाइ गर्न लागेको सन्दर्भलाई जोडेर पालिका अध्यक्ष लक्ष्मण बमले ठुलो रोजगारी गुमाउनु पर्ने अवस्था आएकाले साउन १लाई कालो दिनको संज्ञा दिदै मातृ पार्टीका कारण रोजगारी बाट विदाई गर्न लागेको बताएका छन ।

पलांता सरकार र नेकपा पलांता पार्टी विचको विवाद समाधानका लागि ११ बुद्धे सहमतिमा उक्त रोजगारी दिएका सबैलाई हटाउने भनिए अनुसार पलांता सरकारले हटाउनु परेको आरोप लगाएका छन । उनले आफुले आर्थिक व्यवस्थापनको कुरालाई ओझेलमा पार्दै सामाजिक संजाल मार्फत मात्रृपार्टी कारण रोजगारीबाट विदाइ गर्नु पर्ने बाध्यता आएको बताएको छ ।

पलांता गाउँ पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राज बहादुर बमले कर्मचारीलाई आय श्रोत अनुसार धान्न नसकिने भएकाले कांटाछांट गरी कहां कति जनशक्ति आवश्यक हो सोही अनुसारको व्यवस्थापन गर्न लागिएको बताउदै त्यति ठुलो संख्यामा स्थायि र करार गरी पालिकामा कर्मचारी १ सय ५० जना रहेको बताएका छन । कार्यकारी प्रमुख बमले बढिमा २२ देखि २५ जना सम्म हटाइने दावि गर्नु भएको छ । त्यसै गरी करार लगाएतका कर्मचारीको तलव ढिला सुस्ति नभएको र आर्थिक वर्ष २०७६ । ०७७को बजेटबाट भुक्तानि भएको समेत बताए ।

गाउँ पालिका प्रवक्ता तथा वडा न. १ का वडाअध्यक्ष मान बहादुर भण्डारीले ११ बुदे सम्झौतामा कर्मचारी हटाउने कुनै कुरा नभएको बरु कल बहादुर भण्डारी लगाएतका कर्मचारीलाई आरोप लगाइ हटाइएको प्रति इंगित गर्दै पुनरवहालिको कुरा उठेको बताउदै संघिय सरकारको वित्तिय अनुदानमा निति विपरित कर्मचारी राखेको र रकम भूक्तानि दिने अध्यक्ष लक्ष्मण बमले आलेप मलेपले बेरुजु देखाउने भएपछि आफै हटाएको तर पार्टीलाई आरोप लगाउन नहुने बताए ।
यस अघि पलांता सरकार र पार्टी विच भएको छलफलमा जिल्ला पार्टीको बैठकमा गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले आफु ४ करोड बढि ऋणात्मक रहनुका साथै गाउँ पालिकाले समेत उधारोमा विकास निर्माणको काम गरेकाले आर्थिक अभाव रहेको स्विकार गरेको पार्टी श्रोतले जनाएको छ ।
उता नेपाल कम्युनिष्ट पार्टी पलांताका अध्यक्ष विष्णु रोकायाले गाउँ पालिकाका कर्मचारी हटाउने पार्टीको कुनै पनि निर्णय नभएको र ११ बुद्धे सम्झौतामा त्यो कुरा उल्लेख नभएको बताएका छन । उनले लोक प्रियताका लागि कर्मचारी हाल्ने तलव दिन नसक्दा गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले हटाउने दोष पार्टीलाई दिएको प्रति अध्यक्ष रोकायाले गम्भिर आपति व्यक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित