कर्नालि प्रदेशमा आज(साउन १) विदा

7
SHARES
15
VIEWS

कर्नालि प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारले धान दिवसका दिन असार १५ र चैत १२ जुम्लामा मात्र, साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा साउन १, मा बिदा दिने निर्णय गरेको छ ।

साथै, प्रदेश स्थापना तथा शहीद दिवस भदौ ४, चन्दननाथ मन्दिरको लिङ्गो बोक्ने मेला जुम्लामा मात्र असोज कृष्ण त्रयोदशी, माघे सङ्क्रान्ति माघ १, चैते दशैँ चैत शुक्लअष्टमी, फोत्तोलो ल्होसारका अवसरमा तिथि अनुसार बिदा दिने निर्णय गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित