पूर्व जनमुक्ति सेनाका कमाण्डर महेन्द्रको माओवादी पार्टीको झण्डा ओढाएर अन्त्यष्टि गरियो

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका वडा नम्बर १  निवासी मान बहादुर खड्काको आज दाहसंस्कार गरिएको छ । दुइ वर्ष पहिले देखि क्यान्सर पिडित खड़काको कात्तिक २५ गते निधन भएको थियो ।

आज दाहसंस्कारमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा पचालझरना गाउँ पालिका प्रथम अध्यक्ष खड्ग राज सेजुवाल, नेकपाका केन्द्रिय सदस्य रणदिप सि र नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा कोहलपुर नगर कमिटी सदस्य अबराज खडका, कर्नाली प्रदेश कमिटी सदस्य तारा न्यौपाने लगाए्तका नेताहरुको उपस्थितिमा अन्तिम दाहसंस्कार गरिएको पचालझरना गाउ कमिटी का सदस्य तथा वडा नम्बर एकका वडा कमिटी अध्यक्ष बर्म ऐडीले बताए । उनका अनुसार पार्टीको झण्डा ओढाएर अन्तिम दाहसंस्कार गरिएको हो । सैन्य मोर्चामा अग्रणी भूमिका निर्वाह गर्ने महेन्द्रको निधन प्रति दुख व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र ) ले शोक विज्ञप्ती निकालेर मृतक प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घर परिवारमा समवेदना प्रकट गरेको छ ।

विगत दुइ वर्ष अघि देखि मुखमा क्यान्सर भएपछि पटक पटक उपचार गरेको भएपनि निको नभएपछि घरमा आराम गरिरहेका खडका २०३० साल अषाढ १० गते जन्मिएका हुन । २०५९ सालमा नेकपा माओवादी ले थालेको जनयुद्धमा होमिएर विभिन्न सैन्य मोर्चामा सरिक भएका थिए । मृतक खडकाका ३ भाइ,एक वहिनि, एक छोरा र एक छोरी रहेकी छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित