“रास्कोटको सम्बृद्धि” भिडियो सार्वजनिक

7
SHARES
15
VIEWS

कालीकोट। जिल्लाको रास्कोट नगरपालिकाले रास्कोटको सम्बृद्धि नामक भिडियो सार्वजनिक गरेको छ ।

रारा कर्नालि म्युजिक प्रालिको सहकार्य तथा रास्कोट नगरपालिकाको सहयोगमा बाहिर आएको भिडियो दोस्रो हो । यस गितमा चर्चित कलाकार कालीकोटको कालोका नामले चिनिएका धर्मराज न्यौपाने (शिशिर)को स्वर रहेको बताइएको छ । यस अघि रास्कोट नगरपालिकाले “रास्कोट नगरपालिका, देउरा मालिका” नामक भिडियो बजारमा ल्याइ सकेको छ ।

धर्मराज न्यौपाने र रेखा जैसिको स्वरमा गाइएको उक्त गित अहिले बजारमा निकै चर्चामा रहेको छ ।

रास्कोटको चर्चित पर्यटकिय,सामाजिक तथा सांस्कृतिक,रहन सहन लगाएतको क्षेत्रलाई समेटी बाहिर ल्याइएको रास्कोट नगरपालिका बोलको गित रहेको छ भने विकास निर्माण लगाएतका काम कार्वाहीका बारेमा विशेष जोड दिएको रास्कोटको सम्बृद्धि नामक गितले केन्द्रित रहेको रास्कोट नगरपालिकाले जनाएको छ ।

यस अघि जिल्लाका अन्य स्थानिय तहहरु मध्ये खांडाचक्र नगरपालिका,महावै,पचालझरना लगाएतले अडियो तथा भिडियो गितहरु बाहिर ल्याएका छन ।

रास्कोट सम्बृद्धि बोलको भिडियो कालीकोटको कालो युटयुवमा आज सार्वजनिक हुंदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित