हिमचुली सहकारीको १६ औं वार्षिक साधारण एक साथ ५ वटा सेवा कार्यालयमा हुंदै

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृषि सहकारी संस्था लि.को १६ औं वार्षिक साधारण सभा बुधबार जिल्लाका ५ वटा स्थानमा एक साथ १६ औं वार्षिक साधारण सभा हुने भएको छ । संस्थाका ६ वटा एकाइ बैठक अन्तरगत मंसिर १९ गते बुधबारका दिन एकाइ बैठकमा रास्कोट,सान्नित्रिवेणि,खांडाचक्र,पिलि र महाबै सेवा कार्यालयमा सम्द्धघाटन हुने भएको छ ।

संस्थाका अध्यक्ष काली बहादुर महताराका अनुसार जिल्लामा रहेका ११ वटा सेवा कार्यालयहरुमा पहिलो दिन ५ वटा स्थानमा १६ औं वार्षिक साधारण सभाको शुरुवात गरिने बताएका छन । अध्यक्ष महताराका अनुसार दोस्रो दिन २० गते पलांता,तिलागुफाको गाल्जे र मंसिर २१ गते शुभकालिका,तिलागुफा नाग्म र पचालझरना सेवा कार्यालयको १६ औं वार्षिक साधारण सभाको एकाइ बैठक गर्न लागिएको हो ।

त्यसै गरी जिल्ला स्तरमा मंसिर २६ र २७ गते निर्णय प्रमाणिकरण तथा केन्द्रिय एकाइ बैठक गर्ने संस्थाका अध्यक्ष महताराले बताएका छन । सहकारी संस्थाले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन र चालु आर्थिक वर्षको कार्ययोजना तथा बजेट प्रस्तुत गर्ने बताइएको छ । जिल्लाभर ११ वटा सेवा कार्यालय रहेको हिमचुली कृषि सहकारी संस्था लि.ले सदस्यहरुमा कर्जा प्रवाह,सदस्यहरुको कृषि वस्तु संकलन तथा बजारीकरण,दुध डेरी उद्योगका साथै सहकारी सुपथ मुल्य पसल संचालन गर्दै आएको छ ।
कालीकोट जिल्लामा २०६५ सालमा स्थापना भएको सहकारी संस्था लि.का १५ हजार तिस जना सदस्यहरुमा सेवा प्रवाह गर्दै आएको छ । यस सहकारीको यस वर्ष सदस्यहरुलाई वितरण गरिने वार्षिक प्रतिवेदन का साथै सम्पूर्ण तयारी पुरा भएको बताइएको छ । सेवा कार्यालय स्तरमा हुने उक्त साधारण सभामा सहकारी संस्थाका पदाधिकारीहरुको सहभागिता रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित