पोतमारा जलविद्युत केन्द्रमा नहर भत्किएपछि कालीकोट अन्धकारमय

7
SHARES
15
VIEWS

कालीकोट । लगातारको वर्षा पछि कालीकोटको एक मात्र जलविद्युत केन्द्रमा पहिरोले नहर भत्काएपछि स्थानियहरु अन्धकारमा बस्न बाध्य भएका छन ।

गएराति आएको वर्षाले मुहान नजिक रहेको नहर भत्किएको कालीकोट जलविद्युत केन्द्रले जानकारी दिएको छ । पहिरोले नहर भत्काएपछि विद्युत संचालन हुन नसक्ने कालीकोट विद्युत केन्द्रका प्रमुख मेखराज जोसिले बताउनु भएको छ । वहांका अनुसार पहिरो अनुगमनका लागि टोलि पोतमारा जाने बताउनु भएको छ ।

विद्युत अबरुद्ध हुंदा कालीकोटका दुई हजार ६ सय ४६ घरधुरीमा असर परेको छ ।

वर्षातको समयमा पटक पटक अवरुद्ध हुंदै आएको जलविद्युत केन्द्रमा विहबार राति देखि नहर भत्किए पछि अनिश्चित कालका लागि विद्युत बन्द हुंदा जिल्लामा सरकारी निकायहरुले आर्थिक वर्ष समापनका समयमा गर्न नसकेका कामहरुमा असर पर्ने देखिन्छ । ३० मिटर लामो नहर भत्किएको बताइएको छ ।

कालीकोट जिल्ला हुंदै जुम्ला सम्म राष्ट्रिय प्रशारण लाइन विस्तार भएपनि कहिले संचालन हुने हो भन्ने बारेमा अनिश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित