कर्नालि राजमार्गको सुर्खेत जुम्ला सडकमा पहिरो जांदा यात्रुहरु अलपत्र (फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । सुर्खेत जुम्ला सडकको कालीकोट सडक खण्डको विभिन्न ठांउमा पहिरो जांदा यात्रु तथा मालबाहक साधनका साथै यात्रुहरु अलपत्र परेका छन ।

लगातारको वर्षाले कालीकोट देखि जुम्लाका विभिन्न स्थानमा पहिरो जानुका साथै खोलामा पानि बढ्न थालेपछि सडकमा कयौं नागरिक अलपत्र परेका छन । कालीकोट जिल्लाको टाकुल्ला,चौखोला लगाएतका ठाँउमा गएको पहिरोले समस्या आएको हो ।

                                                                                                                                      चौखोला

पछिल्लो समयमा दुई दिन देखि तिलागुफा नगरपालिकाको टाकुल्लामा आएको पानिका कारण खोला तर्नमा कठिनाइ भएपछि सयौं यात्रुवाहक तथा माल वाहक गाडीहरु रोकिएका छन । सडक सुचारुका लागि स्थानिय प्रहरी,तिलागुफा नगरपालिकाको डोजर र स्थानियको सक्रियतामा पहिरो पन्छाउने काम भइरहेको तिलागुफा नगरपालिकाले जनाएको छ ।

                                                                                            टाकुल्लामा खाना पकाउदै गाडी चालकहरु

तिलागुफाको टाकुल्लामा रहेका गाडी तथा मालबाहक गाडीका चालकहरुले आफै खाना बनाएर खाइरहेका छन भने पसलमा पनि खाना पाउन नसकेको सुर्खेतका ट्रक चालक मन बहादुर खत्रिले बताए । उनले भने कोरोनाका कारण बाटोमा खाना नपाउने भएकाले प्राय जसोले यातायातका साधनमा खाना पकाउने साधन बोकेर ल्याउने गरेकाले बाटोमा सहजता भएको बताए ।

मोटरसाइकल तार्दै स्थानिय टाकुल्ला खोला

कालीकोटको सुनार खोला,पिलि,मान्म लगाएतका ठाउँमा पहिरो जांदा यस अघि पनि यातायात सेवा ठप्प भएको थियो ।

वर्षेनि कर्नालि राजमार्गको सुर्खेत जुम्ला खण्डका विभिन्न ठाउँमा समस्या आउने गरेको छ । सुर्खेतमा रहेको सडक डिभिजन कार्यालयले ठाउँ ठाउँमा वर्षेनि मर्मत सम्भारको काम गरेको भएपनि वर्षातको समयमा भने समस्या आउने गरेको बताइएको छ ।

तिलागुफा नगरपालिकाले सडक अवरुद्ध भएको विभिन्न स्थानमा काम समेत जारी राखेको छ ।

भौसिगोडामा काम गर्दै स्थानियहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित