कालीकोट । पलाँता गाउँ पालिकाको अति दुर्गम पर्ने वडा न.४ देखि ६ सम्मका वडाहरुमा संचार सेवा सुचारु भएको छ । जिल्लाको दुर्गम क्षेत्रका रुपमा चिनिदै आएको पलांता गाउँ पालिकाका वडा न.४ छलाह,वडा न.५ खिन र वडा न.६ नेटा तथा उखाडीका गाउँहरुमा राम्रो संग मोबाइल टावर सुचारु नभएको र वाइफाइको व्यवस्था नभएर स्थानियले दुख भोग्दै आएको अवस्थामा पलाता गाउँ पालिकाका प्रबक्ता तथा वडा न.४का वडा अध्यक्ष तिलक बुढाको पहलमा नम्बर ४ को रिज्जेवमा टावर निर्माण भए संगै संचार सेवाको सहजता आएको हो ।
उक्त टावरले पलांताका अति दुर्गम क्षेत्रका रुपमा जुम्ला सिमा नजिक जोडिएका गाउँहरुका स्थानियहरु खुशि भएका छन । पलांता गाउँ पालिकाका प्रबक्ता तथा वडा नम्बर ४का वडा अध्यक्ष तिलक बुढाले लामो समयको प्रयास पछि उक्त स्थानमा टावर सुचारु गर्न सफल भएको बताउदै यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।
पलांता गाउँ पालिकामा हाल राडुनेटामा नेपाल टेलिकमको टावर भएपनि सहजता ल्याउन नसकिएको अवस्थाम रिज्जेवमा निर्माण भएको टावरले संचार क्षेत्रमा सहजता ल्याउन सफल भएको अध्यक्ष बुढाले बताएका छन । टावर निर्माणमा नेपाल टेलिकम बबरमहल काठमाडौको टोलिको नेतृत्व गर्दै प्रेम क्षेत्री लगायतले दिनरात खटियर टावर निर्माण गरेको स्थानिय हरिष विकले बताएका छन । अब सो क्षेत्रका स्थानिय सार्वजनिक स्थान तथा अन्य क्षाेत्रमा संचारको पहुंच कायम भएको बताइएको छ ।
जिल्लाका अन्य क्षेत्रमा समेत संचारमा सहज पहंच कायम गर्न नेपाल टेलिकम लागि परेको क्षेत्रिको भनाई रहेको छ ।
पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर राेकायाले अब पलाता गाउँ पालिकाका सबै वडाहरुमा सँचार सेवाकाे पहुँच कायम भएकाे बताउदै निर्वाचन ताका जनतामा गरेकाे प्रतिवद्धताहरु पुरा हुँदै गएकाे बताएका छन ।
Discussion about this post