नेकपा (माओवादी केन्द्र) कालीकोटको बैठक शुरु

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा (माओवादी केन्द्र ) केन्द्र कालीकोटको बैठक शुरू भएको छ। जिल्ला  पार्टी संयोजक डम्बर शाहीको अध्यक्षता तथा केन्द्रिय सदस्य / जिल्ला इन्चार्ज जिबन बुढाको प्रमुख आतिथ्यतामा जिल्ला समन्वय समितिको समाहलमा जिल्ला कमिटी सदस्य सहित जबस मोर्चाका संयोजक सहितको उपस्थितिमा बैठक शुरु भएको जनाइएको छ ।

भर्खरै सम्पन्न केन्द्र तथा जिल्लाको बैठकले लिएको निर्णय तथा अभियानलाई कार्यन्वयन बैठक शुरू भएको हो । सो बैठकमा केन्द्र तथा प्रदेशका परिपत्र प्रस्तुत गरिएको र पालिका अध्यक्षहरुले आ आफ्नो कार्यक्षेत्रको रिपोर्ट राख्ने क्रम जारी रहेको बताइएको छ ।

बैठकले जिल्ला स्तरमा संगठनका भेला,सम्मेलन, बैठकका साथै अभियान सफल पार्ने सम्बन्धित छलफल हुने बताइएको छ । जिल्लाको बैठकले जिम्मेवारी फेरबदल गरिएको र रिक्त पद पुर्ति सहित पदोन्नतिका लागि सिफारिस गर्ने जिल्ला सचिव सरोज बोगटीले जानकारी दिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित