रुपेन्द्र ऐडी
कालीकोट । नेकपा(माओवादी केन्द्र)ले शुरु गरेको जनयुद्ध दिवसका अवसरमा जिल्लाभर उल्लासमय तरिकाले मनाइएको छ । २०५२ साल फागुन १ गतेका दिन शुरु भएको जनयुद्ध ३० वर्ष पुरा गरेको अवसरमा कालीकोट जिल्लामा सांस्कृतिक मय तरिकाले सम्पन्न भएको छ । स्थानिय सरकारले कतै उत्सवका रुपमा मनाएका छन भने कतै सार्वजनिक विदा दिएका छन । कालीकोट जिल्लाको रास्केट नगर पालिकाले देउडा तथा जनचेतना मुलक कार्यक्रम गरेको छ । त्यसै गरी सान्नित्रिवेवण गाउँ पालिकाले उल्लासयम तरिकाले दिवसमा शहिद परिवारहरुलाई सम्मान गरेको छ भने महाबै,पचालझरना, शुभकालिका,पलांता गाउँ पालिकामा सार्वजनिक विदा दिइएको छ भने खांडाचक्र,नरहरिनाथ लगाएतका स्थानिय तहमा भने केही वडाहरुमा जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिइएको छ । जसमा शुभकालिका गाउँ पालिकामा भने अध्यक्ष गोविन्द्र आचार्यले विदा दिने निर्णय भएको सुचना प्रकाशित गरेका थिए भने उपाध्याक्ष धर्मकला शाहीले विदा नभएको र कुनै पनि कार्यालयमा विदा नगर्ने निर्देशन दिएकी छ ।
यस वर्ष भने विगठित माओवादीहरु विच सयुक्त कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको छ । जसमा रास्कोट नगर पालिका,सान्नित्रिवेणि गाउँ पालिका,नरहरिनाथ गाउँ पालिका लगायतका स्थानिय तहमा नेकपा (माओवादी केन्द्र)र विप्लव नेतृत्वको नेकपाले सयुक्र रुपमा जनयुद्ध दिवस मनाएका छन । कालीकोट जिल्लामा माओवादी घटकहरुका विचा पहिलो पटक जनयुद्ध दिवस मनाइएको हो । गएको वर्ष छिटफुट रुपमा जनयुद्ध दिवस मनाइएको भएपनि यस वर्ष व्यापक मात्रमा जनयुद्ध दिवस मनाइएको हो । पार्टी एकताका लागि स्थानिय स्तरमा आतुर भएपनि केन्द्रिय स्तरमा एकताको सुरसार नभएको अवस्थामा कालीकोटमा भने माओवादी केन्द्र र नेकपाका कार्यक्रता विच हिमचिम बढेको छ ।
शहिद परिवारलाई सम्मान
सान्नित्रिवेणि गाउँ पालिका र पचालझरना गाउँ पालिको जनयुद्ध दिवसका अवसरमा शहिद परिवारलाई सम्मान गरेको छ । सान्नित्रिवेणि गाउँ पालिकाले पालिका स्तरमा शहिद परिवारलाई सम्मान गरेको हो भने पचालझरना गाउँ पालिकाका विभिन्न वडामा सम्मान गरेको बताइएको छ । पचालझरना गाउँ पालिकाको वडा न. १ सिकु,वडा न.८ मय,वडा न.९ लगायतका वडाहरुमा जनयुद्ध दिवस मनाउनुका साथै शहिद परिवारलाई सम्मान गरिएको हो ।
रास्कोटले जनयुद्धको झल्को दिने गरी बृहत कार्यक्रम
जनयुद्ध दिवसका अवसरमा जनयुद्धकै झल्को दिने गरी रास्कोट सरकारले बृहत देउडा तथा चेतना मुलक कार्यक्रम गरेको छ । प्रत्येक वर्ष मनाइदै आएको चेतना मुलक कार्यक्रममा स्थानिय सरकार समेत आयोजक रहदै आएको छ । हरेक विद्यालयबाट विद्यार्थिहरुको उपस्थितिमा हुने कार्यक्रममा सडक नाटक, देउडा, ठाडिभाका लगायतका प्रस्तुतिले बेग्लै पहिचान दिन सफल भएका छन ।जनमुक्ति सेनाकाे पाेशाक लगाएर पुर्व जनमुक्ति सेनाका कमाण्डर विजय र उशाकाे नाचले समेत स्थान पाएकाे थियाे । कालीकोट जिल्लाको सबै भन्दा सानो भुगोलका रुपमा रहेको पाएक पर्ने रास्कोट नगर पालिकामा भने समाजवादी नमुनाका रुपमा कार्यक्रमहरु हुंदै आएका छन । पछिल्लो समय सडक विस्तार र अन्इ हिसावले नमुनाका रुपमा काम गर्दै आएको रास्कोटले समाजवादी बाटो अघि बढाउन शुरु गरेको छ ।
जनयुद्ध बारे फरक फरक धारणा
२०५२ साल फागुन १ गते शुरु भएको जनयुद्ध २०६२।०६३को जनआन्दोल संगै राजतन्त्रको अन्त भए संगै रोकिएको हो । दश वर्षको जनयुद्धले नेपालमा बेग्लै पहिचान कायम गर्नुका साथै जनताको चेतना स्तर अभिबृद्धि गर्नुका साथै अन्यायका लागि धावा बोल्नु पर्छ भन्ने भावनाको विकास गराएको छ भने ग्रामिण क्षेत्रमा भएको ज्यादतिहरुका विरुद्ध ठुलो भुमिका खेलेको प्रष्ट रहेकै छ । यसका बारेमा विभिन्न थरिका विश्लेषण हुने गरेका छन । माओवादी इतरका दलहरुले आफ्नो अस्तित्वका लागि विरोध गर्नु धर्मका रुपमा लिने गरेका छन भने संघियता, गणतन्त्र, समाबेशिता र समानुपातिक प्रणालि ल्याउन जनयुद्धको ठुलो भुमिका रहेकै छ । तर भन्न मात्र नसक्ने अवस्थाको सृजना भएको छ ।
Discussion about this post