केशव शाही /कालिकाेट । पचालझरना गाँउ पालिकामा पाठ्यघरको मुखको क्यान्सर बिरुद्धको एच पि भि खोप अभियानको सुभारम्भ कार्यकम सम्पन्न भएकाे छ । विद्यादेबि मयकोटमा खोप कार्यक्रम पचालझरना गाउँपालिका उपाध्यक्ष अल्किना बमको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख धनजित बहादुर शाहीको प्रमुख आतिथ्यता सहित उपप्रमुख मिना रावत, जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका व्यवस्थापक, भिष्म पोख्ररेल , कालिकोट जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोगन मल्ल, जिल्ला अस्पताल कालिकोटका सुचना अधिकारी कटक महतको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासँघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट, पचालझरनाका वडा अध्यक्षहरू अनरुप रोकाया, जयराम टमट्टा, पचाल झरना गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर बम को उपस्थितिमा शुभारम्भ भएको हो । सो विद्यालयका शिक्षक ,अभिभावक, बिद्याथीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि शाहीले बालबालिका भोलिका आमा बुबा बन्ने समयमा अहिलेको पुस्ताले पाएको जस्तो दु :ख नपाउन बताएका छन ।
विश्व क्यान्सर दिवसको अवसरमा कालीकोटका पलाता, पचाल झरना रास्कोट र सान्नित्रिबेणिमा एचपिभी खोप शुरु भएको हो ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सँन्चालनका लागी जिल्लाकाे पहिलो पटक पचालझरनाको मयकोट आइपुगेको बताउदै जिल्लाभरी याे अभियान सफल बनाउन सरोकारवाला सबैलाइ आ आफ्नो क्षेत्रमा सहयोग गर्न अनुरोध गरेका छन ।
पचालझरनाको मयबाट जिल्ला स्तरको अभियान संचालन गर्न पाउदा खुशि व्यक्त गर्दै पचाल झरना गाउँ पालिका उपाध्यक्ष अल्किना बमले धन्यवाद प्रकट गरेकी छन । सो विद्यालयका ६ देखि १० वर्ष मुनिका किश्वरीलाई खोप लगाइएको पचालझरना स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र संज्यालले जानकारी दिएका छन।
जिल्ला भर दुइ हजार चार सय ४१ जना किश्वरीहरुलाई एचपिभि खोप लगाइएको जिल्ला जन स्वास्थ्य कार्यालय कालीकोटका सुचना अधिकारी कटक महतले जानकारी दिएका छन । अव जिल्लाका अन्या पालिकामा दोस्रो र तेस्रो चरणमा खोप लगाइने भएको छ ।
Discussion about this post