रेडियोका कर्मचारी पुनरवहालि गर –पत्रकार महासंघ

7
SHARES
15
VIEWS

कालीकोट । जिल्लाको पलांतामा पार्टी र सरकार विचको झगडाका कारण रेडिायो बन्द गरी कर्मचारीलाई घर पठाइएको विषय प्रति नेपाल पत्रकार महासंघ शाखा कालीकोटले रेडियोका संचालन र कर्मचारीको पुनरवहालिको माग गरेको छ ।

कालीकोट शाखाका अध्यक्ष तुलाराम पाण्डे द्धारा हस्ताक्ष्रित विज्ञप्तिमा भनिएको छ केही व्यक्तिका झगडाका कारण रेडियो बन्द गरेर कर्मचारीको रोजिरोटी खोसिनु राम्रो नभएको उल्लेख गर्दै पुन प्रशारणका लागि अनुरोध गरिएको छ ।

रेडियो पलांता आवाज पलांता सरकारले संचालन गर्दै आएको थियो गएको तिन दिन देखि रेडियोका कर्मचारीहरुलाई पलांता गाउँ पालिका अध्यक्ष लक्ष्मण बमले रेडियो बन्द गर्ने निर्दे्शन दिएपछि कर्मचारीहरु रेडियो बन्द गरेर घर गएका छन भने रेडियोका प्रशारण सेवा बन्द भएको छ ।
पलांता गाउँ पालिकाको आर्थिक वर्ष २०७७।०७८का लागि रेडियो संचालन गर्न १९ लाख बजेट विनियोजन समेत गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित