रास्कोटमा नेकपा नेतालाइ कृषकले लगाय बन्दाका माला

7
SHARES
15
VIEWS

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकाको वार्ड नम्बर ९ को ताम्तिमा कृषकले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निर्वाचन परिचालन समिती क्षेत्र ख का संयोजक जगत शाहि लगायतका अनुगमनमा सहभागी अतिथिलाइ बन्दाको माला लगायका हुन ।

लेकाली भागमा कृषि क्षेत्रको संभावनाका लागि गरियको एकिकृत भ्रमणका क्रममा कृषकले उत्पादित वस्तुको उचित मुल्य र आम्दानिको लागि सहज बाताबरण कायम गर्न पहल चाल्नका लागि अनुरोध गरेका छन।

कृषक रंगराज ऐडिले एकिकृत भ्रमणका सहभागिहरुलाइ कृषि उत्पादित बस्तुको माला लगायर स्वागत गरेका हुन ।

रास्कोट ९ का वार्ड अध्यक्ष डबल बोगटीले हामिले लगानी गरेको क्षेत्रको संभावना र कुन क्षेत्रमा के गर्दा कृषि र कृषकको आय वृद्धि हुन्छ त्यस्को लागि भ्रमण आयोजना गरियको बताउनु भयो । वहाँका अनुसार ताम्तिमा कृषि उत्पादनलाई बजारीकरण गर्न र कृषिमा सहज अनुदान लगायतको ब्यबस्थापन गर्नका लागि स्थलगत भ्रमणको उपलब्धि हुने बताउनु भयो।उक्त भ्रमणमा ७,८ र ९का जनप्रतिनिधि,कृषक राजनीति दलका प्रतिनिधिहरुको सहभागिता रहेको बताइयको छ । सहभागीहरुले कृषि क्षेत्रका लागि विशेष पहल चाल्ने प्रतिबद्धता जनायका छन।

रास्कोट नगरपालिकाको माथिल्लो क्षेत्रमा कृषि उत्पादितको महत्त्वपुर्ण क्षेत्र रहेको छ ।त्यस क्षेत्रलाइ नगरपालिकाले कृषि पकेट र स्याउ जोनलाइ तिब्रता दियको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित