रुडुबन्चु भेडापालन र पर्यटकिय क्षेत्रको प्रबद्धन हाम्रो दायित्व हो—वडाध्यक्ष मुनाल थापा

7
SHARES
15
VIEWS

कालीकोट । तिलागुफाको पर्यटकिय क्षेत्रका रुपमा रहेको रुडुबन्चुमा कृषि पेशामा भेडाबाख्रा पालन र पर्यटकिय क्षेत्रको पहिचान कायम गर्नु आफुहरु (जनप्रतिनिधि)को पहिलो प्राथमिकता भएको वडा न. १०का वडाध्यक्ष मनबहादुर थापा (मुनाल)ले बताउनु भएको छ ।

वडाध्यक्षमा निर्वाचित भइसके पछि आफुले रुडु बन्चुका समुदायको लागि भेडा पालन गर्न कृषकहरुलाई सोलार,रंगकोट,उन काट्ने मेसिन,डिपिंङ्ग ट्यांकी र पाल लगाएतका सामाग्रि प्रत्येक वर्ष दिदै आएको बताउनु भएको छ । तिलागुफामा पालिने भेडा तथा बाख्रामा सबै भन्दा बढि रुडुबन्चुका ७३ जना कृषकहरुले ११ हजारको हाराहारीमा भेडा पालन गर्दै आएको वडाध्यक्ष थापाको भनाई रहेको छ ।

त्यसै गरी अत्यान्तै मनमोहक मानिने रुडुबन्चुलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्ने र जिल्ला तथा बाह्य क्षेत्रबाट आउने पाहुनाहरुका लागि होम स्टेको शुरु वात गरिने तयारी भएको बताउनु भएको छ । पर्यटन क्षेत्रको प्रबद्धनका लागि गएको वर्ष टेण्डर परेर काम हुन लाग्दा विविध कारणले हुन नसकेको बताउदै यस आर्थिक वर्षमा शुरुवातको लागि पहल भएको छ । हामीले कालीकोटको उच्च हिमालि क्षेत्रमा पर्ने रुडबन्चु पाटनमा पाइने यार्सा लगाएतका जसडबुटी पाइने र हेर्नका लागि मनमोहक मानिने गरेको छ ।

साथै रुडु बन्चुका सबै टोलमा सडक विस्तार भई यातायातका साधन संचालनमा ल्याउन सफल हुनु र प्रत्येक टोलका स साना वस्तिमा सरसफाइका लागि पिसिसि बाटो बनाइएको बताउदै डेढ घण्टा लामो दुरीमा स्वस्थ्य उपचार गर्न लाग्ने समयलाई बचत गर्न र सहजता कायम गर्न रुढुमा स्वस्थ्य इकाइ भवन निर्माण भएको,रानाबाडामा ४६ घरमा एक घर एक धारा निर्माण भएका र महादेव मावि संचालन भएको विद्यालयमा सिसि क्यामरा जडान र बायोमिटक हाजिरीको शुरुवात समेत भएको दावि गर्नु भएको छ ।

वडाध्यक्ष थापाले आगामी दिनमा रुडुमा होम स्टे संचालनमा ल्याउने,भेडा तथा बाख्रा पालनलाई आधुनिकतामा लैजान फर्मको रुपमा विकास गर्ने,गाल्जे बाट रुडु सम्म केवलकार संचालनमा ल्याउने, ठिन्केमा विद्युत उत्पादन गर्ने, सबै विद्यालयमा कम्प्युटर शिक्षालाई विस्तार गर्ने, कृषि क्षेत्रमा स्याउ पकेट कार्यक्रम संचालन गर्ने र साविकको चिल्खायामा रिंगरोड संचालनमा ल्याउने तयारी भएको बताउनु भएको छ ।

तत्कालिन नेकपा(माओवादी)केन्द्रबाट साविकको चिल्खाया वडा न. ७,८र९(तिलागुफा १०)मा विजयि वडाअध्यक्ष मुन बहादुर थापा(मुनाल) जनयुद्धका एक कुशल राजनैतिक व्यक्तित्व हुनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित