पचालझरना गाउँपालिका द्धारा पहिरो नियन्त्रण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको घुराबगरको सिममा गएको पहिरो गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको प्रत्यक्ष संलग्नतामा सम्पन्न भएको छ ।

कर्नालि करिडोरको पचालझरनाको सिममा लगातार आइरहने पहिरोलाई रोकथाम गरिएको हो । दुई दिन सम्म गाउँ पालिकाले १२ घण्टामा डोजर मार्फत काम गरेपछि करिब ३० मिटर दुरीमा अबरुद्ध सडक संचालनमा आएको बताइएको छ ।

पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालका अनुसार उक्त सडक संचालनमा एक लाख लगानिमा सम्पन्न भएको बताउनु भएको छ । वहांका अनुसार यस अघि पटक पटक समस्या गर्ने गरेको उक्त पहिरो लामो समय सम्मका लागि सहज हुने गरेको भए पनि समस्या आउन नसक्ने गरी बाटो बनाइएको बताउनु भयो ।

एक सय मिटर माथिबाट आएको ठुलो पहिरोका कारण यातायातका साधनहरु दुई दिन सम्म बन्द भएको भएपनि आज देखि सुचारु भएका छन ।

गाउँ पालिकाले यस अघि कर्नालि करिडोरमा पर्ने विभिन्न स्थानमा मर्मत सम्भार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित