सिंगो आठ गाउँका एक्लो सुरक्षा कर्मि : सोविन्द

7
SHARES
15
VIEWS

भनिन्छ मानिस जन्मे पछि एक न एक सोख चाहना हुने गर्दछन । त्यसै भित्रका सिंगो  आठ गाउँका एक्लो तथा पहिलो सुरक्षा कर्मि हुन सोविन्द्र । पचालझरना गाउँ पालिकाको वडा न. १ स्थित सिकु साविकको बदालकोट गाविसको वडा न. ४ देखि ९ सम्म कुनै पनि युवायुवतिहरु नेपालि सेना,जनपद प्रहरी तथा शसस्त्रमा प्रहरीमा प्रवेश गरेका छैनन ।उनि मात्र हुन सोविन्द खड्का ।

वुवा बृख खड्का र आमा चन्द्रिका खड्काका पहिलो सन्तान सोविन्दले बुवाको अकालमा ज्यान गएपछि माध्यमिक शिक्षा हांसिल गर्न पाएनन । बृख खड्को २०७३ सालमा मृत्यु भएपछि घरको सम्पूर्ण पारिवारिक जिममा लिनु परेका सोविन्द्रलाई सेना प्रहरीमा प्रवेश गरेर देशको सेवा गर्ने सोचमा रहेका उनले एक पटक जनपद प्रहरी र दुई पटक शसस्त्रमा फर्म लगाएपनि २०७६ भाद्र १३ गतेको दिनमा तेस्रो पटक शसस्त्र प्रहरीमा सफल भए । उनले सफल भएको पहिलो दिनमा आमाको सपना सफल हुने आशाले आफुलाई आनन्दको महसुस गराएको उनले बताए ।

सरकारी सेवामा प्रवेश त गरे बुवाले दुखसुख गरेर हुर्काए सुख दिन सकिन तैपनि देशका लाखौं बुवाहरुको सेवा गर्न पाएको छु खुसिको महसुस गराएको छ । सरकारी जागिरले मेरो जिवनमा नयां जिवनका साथ हौसला दिएको छ । बुवा विते पछि काठमाडौं नुवाकोट लगाएतका घुम्ति व्यापार गर्नुका साथै मलेसिया जाने सोचमा अगाडी बढेको बेला तेस्रो पटक शसस्त्र प्रहरीमा भर्ना खोलेको बेला प्रयास गरेको सफल हुने अवसर पाए ।

अहिले मलाई बाल्यकालका दुखकष्टहरुलाई सम्झिदै सुखका दिन आएको भान हुने गरेको बताए । उनले भने शसस्त्र प्रहरी भएर देशको सेवा गर्न अवसर पाएको छु देशको माटोका लागि निरन्तर लड्ने छु । ५ दिदी बहिनि र १ भाइ मध्ये उनि चौथो सन्तान हुन ।
बृख खड्काको जिवनका व्यथा ?
गाउँ सोझा तथा इमान्दार स्वभावका बृख खड्का गाउँमा माछा मारेर जिविको पार्जन गर्ने कृषक हुन । गाउंँ भन्दा तल रुच्का र थान्कोटको विचमा पर्ने अत्यान्तै मरुभुमिका रुपमा चिनिएको अमटरुखमा सानो बारीमा खेति गरेर परिवार र आफुलाई लत्ता कपडाका लागि वर्षनि भारत जाने गर्दथे ।

हिंउदका समयमा माछा मारेर गाउँमा लिने र अन्नवालि ल्याएर परिवार पाल्नु उनको दैनिकी झै थियो । कर्नालिको किनारामा बस्ने जोकोही सबैले माछा मार्नु दैनिकी हो । तर पनि सन्ततिका लागि निकै परिश्रम गर्ने तर कसैका अघि नझुक्ने बृख खड्का अर्काको भरमा नपरि आफुले कमाई गरेर आत्मनिर्भर हुनु पर्छ भन्ने सोचका थिए ।

समाजका केही व्यक्तिले फरक ढंगले हेर्ने गरेपनि सरोकार नराख्ने उनि जनयुद्धका समयमा भने तत्कालिन शाहीसेनाबाट कुटाई र जेल जिवन भोगेका थिए ।सोही कारण लामो समय विरामी परेका बृख खड्काले कसैबाट न त राहत पाए न कुनै उपचारको लागि पहल भयो ।

गाउँ आफै कुटोकोदालो गरेर खाने खड्काका ५ छोरी २ छोरा रहेका छन । उनले छोराले यस्तो अवस्थामा पुग्ला भनेर नसोचेको सोविन्द खड्का आमा चन्द्रिका खड्को भनाई रहेको छ । उनले गहभरी हर्षका आशु पोख्दै अहिले छोराले सरकारी जागिर खाएको छ एक सफल प्रहरी जवानको आमा बन्न पाउदा निकै खुशि भएको बताइन । अरु त छोराले राम्रै गरेको छु यसको बुवा बचेका भए छोराले बद्रि लगाएको देख्ने अवसर मिलेको भए अझै आभारी हुने आशा भएको बताइन ।

अहिले सिंगो गाउँ बासिले एक्लो शसस्त्र प्रहरी भइ देशको सुरक्षा गर्ने जिम्मा पाउनुले गर्वको महसुस गर्न थालेका छन । कालीकोट जिल्लामा पछिल्लो समयमा सेना प्रहरीमा बढ्दो आकर्षण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित