एक घर एक विरुवा, हरियालि वडा बनाउने तयारीमा छौं —वडाध्यक्ष ऐनराज महतारा

7
SHARES
15
VIEWS

कालीकोट । कृषिमा आधुनिकिकरण र फलफुल क्षेत्रलाई पकेटका रुपमा विकास गरेर आत्मनिर्भर बनाउन फलफुल तर्फ स्याउ,ओखर,अनारका साथै टिमुरका विरुवा वितरण गरेर हरियालि बनाउन एक घर एक विरुवा अनिवार्य गरिएको पलांता गाउँ पालिका वडा न. वडाध्यक्ष ऐनराज महताराले बताउनु भएको छ ।

वहांका अनुसार आर्थिक वर्ष २०७६।०७७मा १ हजार ३ सय स्याउ,१ हजार ५ सय ओखर,१ हजार ओखर र १ हजार ५ सय अनारका विरुवा वितरण गरिएको बताउदै सबै घरपरिवारमा थप विरुवा वितरण गर्ने तयारी भएको बताउनु भएको छ ।

आफुले ३ वर्षको कार्यकालमा पलांताको विच केन्द्रमा पर्ने कहरदेव शिक्षा क्याम्पस बन्ने भएको बताउदै वडामा रहेका कालिका र जनविचार आधारभुत विद्यालयमा अंग्रेजि माध्यममा अध्ययन शुरु भएको छ भने ४ वटा वालविकास केन्द्र संचालनमा आएको अध्यक्ष महताराले बताउनु भयो । आफुले वडामा रहेको विद्यालयहरुम भौतिक संरचना निर्माण गर्नुका साथै वडा कार्यलयको भवन र स्वस्थ्य इकाई भवन समेत बनाउन सफल भएको दावि गर्नु भएको छ । खानेपानि तर्फ किच छलाह खानेपानि आयोजना निर्माणाधिन,छहरा छलाह खानेपानि मर्मत गरी मेलापानि,कापा अभाग्म खानेपानि संचालन भएको छ भने रागेखोला मेहेल्ने छलाह खानेपानि पञ्चवर्षिय योजना शुरुवात भएको समेत बताउनु भएको छ ।

वडामा सबै भन्दा महत्वपूर्ण काम छलाहा मेहेल्ने ढाणमेला तल्सेरी भतेरा रारा पर्यटन मार्ग सर्बे भै डिपिआर गरी राष्ट्रिय योजना आयोगमा प्रस्ताव पेश भएको, वडामा संघियता पछि खिनमा खाद्य डिपो विस्तार गरिएको छ भने अस्थायि प्रहरी चौकीका लागि पहल भएको छ भने आयुवेद्ध औषाधालयको शुरुवात समेत भएको बताउनु भएको छ ।

जिल्ला सदरमुकाम मान्म भन्दा २१ कोष उत्तर पूर्वमा पर्ने साविकको खिनमा विकटाका कारण समुदायहरु कयौं सेवा सुविधाबाट बञ्चित भएको अवस्थामा गाउँ पालिका र प्रदेश सरकारको पहलबाट सडक यातायातबाट बञ्चित हुनु परेपनि अन्य सेवासुविधामा आफु लागि परेको महताराको भनाई रहेको छ । वहांले अगाडी भन्नु भयो गाउँ पालिकामा कडा संघर्षका बावजुद क्याम्पसको लागि शुरुवात भएकोमा समुदायहरु खुशि भएको बताउनु भयो ।

यस चालु आर्थिक वर्ष २०७७।०७८मा वडामा निरन्तर रुपमा हुने कामहरुलाई पूर्णता दिदै बांकी नमुना योग्य काम गर्ने बताउनु भएको छ । वडाध्यक्ष महताराले खिनमा सिंचाई आयोजना संचालनमा ल्याउने,कृषि उत्पादनका लागि फर्मको रुपमा विकास गर्ने र वातावरणका लागि हरियालि बनाउन विरुवा वितरण गरी हरेक घरमा एक विरुवा अनिवार्य लगाउने तयारीमा रहेको बताउनु भएको छ । पलांताको अन्य वडाहरुमा जे भएपनि आफुले केही नमुना काम गरेर देखाउने तयारीमा रहेको दावि गर्नु भएको छ ।

युवा जोसजांगर भएका वडाध्यक्ष महतारा तत्कालिन नेकपा(माओवादी केन्द्र)बाट विजयि हुनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित