नरहरिनाथमा पहिरोमा परि ९ जनाको मृत्यु

7
SHARES
15
VIEWS

कालीकोट । लगातारको बाढी पहिरोका कारण नरहरिनाथ गाउँ पालिकामा ९ जनाको मृत्यु भएको छ ।

पहिरोका कारण वेपत्ता भएका क्षेत्रमा प्रहरीको टोलि पेगे पछि सबैको सब भेटिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ । नरहरिनाथ गाउँ पालिका वडा न. ७ स्थित बागामा रहेका गंगे बुढाको घर पहिरोले लिएपछि उनका श्रीमति,छोरा छोरी सहित ६ जनाको मृत्यु भएको छ भने एक जनाको प्राथमिक स्वस्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा गगे बुढा,उनकि श्रीमति नैना बुढा,नाति,नातिनिहरु राम ब.बुढा,चरित्र बुढा र चन्द्रिका बुढा,बुहारी कुसा बुढा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।उपचारको क्रममा ल्याइएकी गगे बुढाको नतिनि विमला बुढाको पनि प्राथमिक स्वस्थ्य केन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरिक्षक यज्ञराज जैसिले बताउनु भएको छ ।वहांका अनुसार नरहरिनाथको एकै परिवारका ७ जना र वडा न. ४को गोठिमा रहेका बाले बुढाको घर भत्किदा उनि सहित श्रीमति मना बुढाको  मृत्यु भएको जानकारी दिनु भएको छ ।

जिल्लाका अन्य ठाउँमा भने मानविय क्षति भएको जानकारी नआएको प्रहरीले बताएको छ । यस अघि रास्कोट नगरपालिकामा ५ जना,नरहरिनाथ गाउँ पालिकामा एक जना वेपत्ता भएका थिए भने तिलागुफाको टाकुल्लामा एक जना ५८ वर्षिया महिलाको ज्यान लिएको थियो ।

इलाका प्रहरी कार्यालय कुमालगाउँका अनुसार नरहरिनाथ गाउँ पालिकाको वडा न. ६मा रहेको रहगाडको झोलुंगे पुल समेत बगाएको बताइएको छ । अन्य ठाउँमा दर्जनौ घर भत्किएका छन भने पशु चौपायाहरुमा समेत क्षति पुगाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित